
नयाँ दिल्ली, ३१ मार्च (हि.स)। पश्चिम एसियामा जारी संकटबीच टाटा समूहको एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसले आज यो क्षेत्रबाट आउने-जाने ३६ निर्धारित र गैर-निर्धारित उडानहरू सञ्चालन गर्नेछन्।
एयरलाइनले मङ्गलबार जारी गरेको बयानमा भनेको छ, एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसले ३१ मार्चमा पश्चिम एसिया क्षेत्रबाट कुल ३६ शेड्युल्ड (निर्धारित) र नन-शेड्युल्ड (विशेष) उडानहरू सञ्चालन गर्नेछन्। विमानन कम्पनीले यो क्षेत्रमा जारी तनाउबीच यात्रुहरूको सुविधाका लागि यी उडानहरू सञ्चालन भइरहेको बताएको छ।
एयर इन्डियाले जानकारी दिएको छ, कुल ३६ एयर इन्डिया उडानहरूमध्ये २० लाई 'नन-शेड्युल्ड सेवाहरू' को रूपमा वर्गीकरण गरिएको छ, जसले संयुक्त अरब अमिरातबाट आउने-जाने काम गर्छन्। यसमा मुख्य रूपमा दुबई, अबू धाबी, रियाद र मस्कट जस्ता प्रमुख गन्तव्यहरूका लागि उडानहरू समावेश छन्।
एयरलाइनले भनेको छ, यी उडानहरू प्रस्थान स्टेसनहरूमा स्लटको उपलब्धता र अन्य विद्यमान अवस्थाहरूमाथि निर्भर रहनेछन्। कम्पनीले आफ्नो आधिकारिक प्रेस रिलिजमा जानकारी दिएको छ, सबै उडानहरू सम्बन्धित भारतीय नियामक प्राधिकरणहरूका साथै यूएईका स्थानीय अधिकारीहरूबाट आवश्यक अनुमतिहरू प्राप्त गरेपछि मात्र सञ्चालन भइरहेका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी