प्रधानमन्त्रीले भगवान महावीर जयन्तीमा देशवासीलाई शुभकामना दिए
PM Modi


नई दिल्ली, ३१ मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भगवान महावीरको जन्म कल्याणकका अवसरमा देशवासीलाई शुभकामना दिएका छन्। उनले भने, भगवान महावीरको जीवन र उनका उपदेशहरू सत्य, अहिंसा र करुणाको मार्गलाई प्रकाशित गर्छन्।

प्रधानमन्त्रीले एक्स पोस्टमा भने, भगवान महावीरका आदर्शले आध्यात्मिक रूपमा प्रेरणा दिँदै आजको समयमा पनि अत्यन्त प्रासंगिक छन्। समानता र दयामा उनको जोडले हामीलाई समाजप्रतिको हाम्रो साझा जिम्मेवारीको स्मरण दिलाउँछ।

प्रधानमन्त्रीले एक अर्को पोस्टमा भने, सत्य, सद्भाव, सद्व्यवहार र समानतामा आधारित भगवान महावीरका सन्देशहरूमा अद्भुत प्रेरणा छ। उनका महान विचारहरू सदैव मानवताका लागि पथ-प्रदर्शक बनि रहनेछन्।

प्रधानमन्त्रीले संस्कृतमा एउटा सुभाषित पनि साझा गरेका छन्,

श्रूयतां धर्मसर्वस्वं श्रुत्वा चैवावधार्यताम्। आत्मनः प्रतिकूलानि परेषां न समाचरेत्॥

यस सुभाषितको अर्थ हो, जस्तो व्यवहार हामीलाई आफ्नो लागि राम्रो लाग्दैन, त्यस्तो व्यवहार हामीले अरूसँग पनि नगरौं।

उल्लेखनीय छ, भगवान महावीरको जन्म कल्याणक जैन धर्मका २४ औं तीर्थंकरको जन्मदिवसको रूपमा मनाइन्छ। जैन परम्पराका अनुसार, उनको जन्म सन् ५९९ ईसा पूर्व कुंडलपुर (वैशाली)मा भएको थियो। यस दिन मन्दिरहरूमा विशेष पूजा, रथ यात्रा र प्रवचन कार्यक्रमहरू आयोजित गरिन्छन्। महावीर जयन्तीको मुख्य सन्देश अहिंसा, सत्य, अपरिग्रह (असंग्रह) र समानतामा आधारित छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande