असम राज्यसभा चुनाउः तीन सीटका लागि भाजपा र गठबन्धनका उम्मेदवारहरूले दर्ता गरे नामांकन
असम राज्यसभा चुनाउः तीन सीटका लागि भाजपा र गठबन्धनका उम्मेदवारहरूले दर्ता गरे नामांकन


गुवाहाटी, 05 मार्च (हि.स.)। असमको खाली हुने तीन राज्यसभा सीटका लागि नामांकन पत्र दर्ता गर्ने अन्तिम दिन बिहिवार भारतीय जनता पार्ट (भाजपा) नेतृत्वाधीन गठबन्धनका तीन उम्मेदवारले नामांकन पत्र दर्ता गरे।

भाजपाको तर्फबाट क्याबिनेट मन्त्री योगेन महन र दुलियाजान विधानसभा क्षेत्रका विधायक तेरेस ग्वालाले नामांकन पत्र दर्ता गरे। तेस्रो सीटको निम्ति भाजपा गठबन्धनको सहयोगी दल यूपीपीएल (यूनाइटेड पीपुल्स पार्टी लिबरल) का अध्यक्ष प्रमोद बोड़ोले नामांकन दर्ता गरे।

नामांकन दर्ता गर्ने क्रममा केन्द्रिय मन्त्री सर्बानन्द सोनोवाल, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा, उनका मन्त्रिमण्डलका सदस्य तथा गठबन्धन सहयोगी दलहरू असम गण परिषद (अगप), यूपीपीएल र भाजपाका धेरै नेताहरू उपस्थित रहे।

अन्य कुनै दलको तर्फबाट उम्मेदवार खड़ा नभएको कारण भाजपा गठबन्धनका यी तीनै उम्मेदवार बिना प्रतिद्वन्दता राज्यसभाको लागि निर्वाचित हुनसक्ने मानिन्दैछ।

वस्तुतः 09 अप्रेलमा असमका तीन राज्यसभा सांसदहरू भुवनेश्वर कलिता, अजीत कुमार भुइयां र रामेश्वर तेलीको कार्यकाल समाप्त भइरहेको छ। यसमध्ये दुई सीटहरू वर्तमानमा भाजपासित छ जबकि एक सीट विपक्षसित छ।

उल्लेख्य, राज्यसभा चुनाउका लागि नामांकन दर्ता गर्ने अन्तिम मिति 5 मार्च हो। बिहार सहित 10 राज्यका कूल 37 राज्यसभा सीटहरूका लागि 16 मार्चमा चुनाउ निर्धारित छ। यसमा महाराष्ट्रका 7, तमिलनाडुका 6, बिहार र पश्चिम बंगालका 5-5, ओडिशाका 4, असमका 3, तेलंगाना, छत्तीसगढ़ र हरियाणाका 2-2 तथा हिमाचल प्रदेशको 1 सीट सामेल छ।

यद्यपि, 09 मार्चमा नामांकन फिर्ता लिने अन्तिम मितिपछि यो स्पष्ट हुनेछ कि असममा मतदनको आवश्यकता पर्नेछ कि छैन। यदि कुनै सीटमा प्रतिस्पर्धा भएन भने उम्मेदवारहरूलाई बिना मतदानकै निर्वाचित घोषित गर्नसकिन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande