
दन्तेवाड़ा, 05 मार्च (हि.स.)। छत्तीसगढ़को दन्तेवाड़ा जिल्लाको गीदम थाना क्षेत्र अन्तर्गत गुमलानार, गिरसापारा र नेलगोड़ा बीच जंगली र पहाड़ी क्षेत्रमा भएको भिड़न्तमा 5 लाख रुपियाँ इनामी एक नक्सली मारिएको छ। घटनास्थलबाट एक एसएलआर, एक इन्सास राइफल, एक पेस्तोल, ठूलो मात्रामा गोला बारुद र नक्सली सामग्री जफत गरिएको छ।
वस्तुतः जंगलमा नक्सली गतिविधिबारे जानकारी पाइएपछि दन्तेवाड़ाका पुलिस अधीक्षकको निर्देशमा उप पुलिस अधीक्षक (नक्सल अप्स) राहुल कुमार उयकेको नेतृत्वमा डीआरजी र बस्तर फाइटरका कर्मीहरूको टोली प्रस्थान गराइएको थियो। 03 मार्चमा राति 9 बजीतिर सुरक्षा बल र नक्सलीहरूबीच भिड़न्त भयो। भिड़न्तपछि सैनिकहरूले भोलीपल्ट जंगलमा खोजी अभियान शुरू गरे। खोजीको क्रममा भिड़न्त स्थलबाट एक पुरुष सशस्त्र नक्सलीको शव फेला पऱ्यो।
घटनास्थलबाट एउटा एसएलआर, एउटा इन्सास राइफल, एउटा पेस्तोल र ठूलो मात्रामा खाली कारतूस र नक्सली सामग्री जफत गरिएको छ। दन्तेवाड़ा एसपी गौरव रायले बिहिवार भिड़न्तको पुष्टि गर्दै भने, भिड़न्त स्थलमा फेला परेको पुरुष नक्सलीको शव राजेश पुनेम, एसीएम, भैरमगढ़ क्षेत्र समितिको सदस्य, बिजापुर जिल्लाको गंगलोर थानाको बुर्जी गाउँको निवासी भएको पहिचान गरिएको छ। राजेश पुनेममाथि 5 लाख रुपियाँको इनाम घोषणा गरिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी