
नयाँ दिल्ली, 05 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले ओडिशाका पूर्व मुख्यमन्त्री बीजू पटनायकलाई उनको जयन्तीमा श्रद्धाञ्जली अर्पण गरे।
प्रधानमन्त्रीले बिहिवार इन्स्टाग्राम पोस्टमा लेखेका छन्, आज उनको जयन्तीमा म उनलाई श्रद्धाञ्जली अर्पण गर्दछु र ओडिशाको प्रगतिलाई अगाड़ी बढ़ाउने उनको जोशलाई सम्झन्छु।
उल्लेख्य, बीजू पटनायक (5 मार्च 1916- 17 अप्रेल 1997) एक भारतीय राजनीतिज्ञ, पाइलट र व्यवसायी थिए। उनले 1961 देखि 1963 र 1990 देखि 1995 सम्म ओडिशाको मुख्यमन्त्रीको रूपमा कार्य गरे। उनले 1979 देखि 1980 र 1977 देखि 1979 सम्म केन्द्रिय स्टील तथा खानी मन्त्री र कोइला मन्त्रीको रूपमा पनि काम गरे। उनी 1977 देखि 1985 सम्म केन्द्रपाड़ाबाट लोकसभा सदस्य रहे।
हिन्दुस्थान समाचार / भवानी थामी