मुख्यमन्त्री नीतीश कुमारले राज्यसभा जाने घोषणा गरे
नीतिश


पटना, 05 मार्च (हि.स.)। नीतीश कुमारले बिहारमा राजनीतिक अड्कलबाजीको अन्त्य गरेका छन्। इन्स्टाग्राममा एक पोस्टमा उनले भनेका छन्, दुई दशकभन्दा बढ़ी समयदेखि तपाईले ममाथि निरन्तर आफ्नो विश्वास र समर्थन कायम राखेका छन् र त्यही कारणले गर्दा मैले पूर्ण निष्ठाले बिहार र तपाईहरू सबैको सेवा गरेको छु। तपाईको विश्वास र समर्थनका कारण नै आज बिहारले विकास र सम्मानको नयाँ आयाम प्रस्तुत गरिरहेको छ। मैले विगतमा धेरै पटक तपाईहरूप्रति कृतज्ञता व्यक्त गरेको छु।

मुख्यमन्त्रीले भने, मेरो संसदीय करियरको शुरुआतदेखि नै मलाई बिहार विधान मण्डलका दुवै सदनका साथ संसदको पनि दुवै सदनको सदस्य बन्ने इच्छा थियो। यस सन्दर्भमा म यस चुनाउमा राज्यसभाको सदस्य बन्न खोजिरहेको छु। म तपाईलाई पूर्ण इमानदारीका साथ आश्वस्त गर्न चाहन्छु कि तपाईहरूसँगको यो सम्बन्ध भविष्यमा पनि जारी रहनेछ र विकसित बिहार निर्माण गर्न तपाईहरूसँग मिलेर काम गर्ने मेरो संकल्प अटल रहनेछ। जुन नयाँ सरकार बन्नेछ, त्यसलाई मेरो पूर्ण समर्थन र मार्गदर्शन हुनेछ। नीतीश कुमारले चाँड़ै नै राज्यसभा चुनाउको लागि आफ्नो उम्मेदवारी दर्ता गर्नेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande