
शिमला, 07 मार्च (हि.स.)। जिल्ला शिमलाको ननखड़ी क्षेत्रमा एक 16 वर्षीय छात्रामाथि चक्कुले हमला गरिएको मामिला प्रकाशमा आएको छ। पुलिसले यस घटनालाई लिएर मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
पीड़िताको उजुरीको आधारमा नानखड़ी थानामा एफआईआर दर्ता गरिएको छ। पीड़िताले पुलिसलाई बताइन्, 06 मार्च दिउँसो 1 बजीतिर उनी खुनी स्थित सरकारी वरिष्ठ माध्यमिक विद्यालय नजिकै निट्टु मोड़ भएर गइऱहेकी थिइन्, त्यतिबेला दुई अज्ञात व्यक्तिहरूले उनको बाटो रोके।
शिकायत अनुसार, दुई जना पुरुषले उनलाई आक्रमण गरे र चक्कुले प्रहार गरे। आक्रमणमा छात्राको देब्रे हातमा चोट लागेको छ। घटनापछि छात्राले पुलिसलाई जानकारी गराएकी छन्।
पुलिसले यस मामिलामा भारतीय न्याय संहिता (बीएनएस) को धारा 126(2), 115(2) र 3(5) अन्तर्गत मामिला दर्ता गरेको छ।
पुलिसका एक अधिकारी अनुसार, अनुसन्धान शुरु गरिएको छ र आक्रमणकारीहरूको पहिचान गर्ने प्रयास भइरहेको छ। नजिकैका बासिन्दाहरूसँग पनि आरोपीहरूलाई सकेसम्म चाँड़ो पहिचान गर्न सोधपुछ भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी