मतदाता सूची विवादमा ममता ब्यानर्जी लगातार दोस्रो दिन धरनामा, भाजपा र चुनाउ आयोगमाथि आरोप
mamta banerjee


कोलकाता, 07 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी मतदाता सूची पुनरीक्षणको मुद्दालाई लिएर शनिबार लगातार दोस्रो दिन कोलकाताको धर्मतलामा धरनामा बसेकी छन्। उनले भारतीय जनता पार्टी (भाजपा) र चुनाउ आयोगमाथि बंगालका मतदातालाई मताधिकारबाट वञ्चित गर्ने षड्यन्त्र गरेको आरोप लगाएकी छन्।

यो धरना कार्यक्रम चुनाउ आयोगको पूर्ण पीठको प्रस्तावित कोलकाता भ्रमणभन्दा ठीक अघि शुरु गरिएको हो। यो धरना हरेक दिन बिहान 10 बजीदेखि राति 8 बजीसम्म सञ्चालन भइरहेको छ। तृणमूल कांग्रेसले 2026 को विधानसभा चुनाउअघि मतदाता सूचीको विशेष गहन पुनरीक्षण प्रक्रिया हतार र अव्यवस्थित ढंगले भइरहेको आरोप लगाएको छ।

ममताले भनिन्, बंगालका मतदाताको अधिकारको रक्षा गर्न उनकाे आन्दोलन जारी रहनेछ। उनले भाजपा र चुनाउ आयोगको कथित षड्यन्त्रलाई जनतासामु उजागर गरिने दाबी गरिन्।

धरना स्थलमा तृणमूल कांग्रेसका धेरै वरिष्ठ नेता, बुद्धिजीवी, कलाकार तथा सामाजिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू उपस्थित थिए। पार्टीका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले पनि सभालाई सम्बोधन गर्दै मतदाता सूचीबाट ठूलो संख्यामा नाम हटाउने प्रयास भइरहेको आरोप लगाए, जसले लोकतान्त्रिक प्रक्रियालाई प्रभावित गर्न सक्ने बताए।

उनले अन्तिम सूचीमा लाखौँ नाम हटाइनु र ठूलो संख्यामा मतदातालाई निर्णयाधीन श्रेणीमा राखिनुले आगामी विधानसभा चुनाउमा उनीहरूको सहभागिताबारे अनिश्चितता सिर्जना भएको बताए। तृणमूल कांग्रेसले यस विषयमा चुनाव आयोगसँग पारदर्शिता सुनिश्चित गर्न र मतदाताको अधिकारको रक्षा गर्न माग गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande