प्रधानमन्त्री र भाजपा अध्यक्षद्वारा गुजरातका विधायक गोविंदभाई परमारको निधनप्रति शोक व्यक्त
गोविंदभाई परमार


नयाँ दिल्ली, 07 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनले शनिबार गुजरातका विधायक गोविंदभाई परमारको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन्। दुवै नेताले परमार सधैं समाज कल्याणका कामप्रति समर्पित रहेको बताएका छन्। परमारको ६ मार्चमा ७२ वर्षको उमेरमा निधन भएको थियो।

प्रधानमन्त्री मोदीले एक्समा पोस्ट गर्दै लेखेका छन्, “गुजरात विधानसभा सदस्य गोविंदभाई परमारको निधनको खबरले मलाई दुःख लागेको छ। उहाँ सधैं समाज कल्याणका कार्यप्रति समर्पित र प्रतिबद्ध हुनुहुन्थ्यो। दिवंगत आत्माको शान्तिका लागि प्रार्थना तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।”

भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले पनि एक्समा पोस्ट गर्दै भने, “गुजरातका भाजपा विधायक गोविंदभाई परमारको निधनको खबरले अत्यन्त दुःख लागेको छ। एक समर्पित जनसेवकका रूपमा उहाँले उमरेठका जनताको कल्याण र विकासका लागि निरन्तर मेहनत गर्नुभयो।”

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande