
कोलकाता, 07 मार्च (हि.स.)। चुनाउ आयोगको पूर्ण पीठ आइतबार राति कोलकाता आइपुग्नुअघि पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको आवास रहेको वार्डमा मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारको खिल्ली उडाउने पोस्टर टाँसिएको छ।
मुख्य चुनाव आयुक्त ज्ञानेश कुमारको नेतृत्वमा रहेको चुनाउ आयोगको पूर्ण पीठ आगामी दुई दिनको व्यस्त कार्यक्रमसहित कोलकाता आउनेछ। यस अवधिमा आयोगले “तार्किक विसंगति” श्रेणीमा चिन्हित मतदाताहरूका कागजातसँग सम्बन्धित न्यायिक मुद्दाहरूको समीक्षा गर्नेछ र यस वर्ष हुने महत्वपूर्ण विधानसभा चुनाउको तयारीको पनि अवलोकन गर्नेछ।
तृणमूल कांग्रेसको स्थानीय एकाइले यी पोस्टर टाॅंसेको जिम्मेवारी स्वीकार गरेको छ। पोस्टर कार्टुन शैलीमा बनाइएको छ, जसमा मुख्य चुनाउ आयुक्तलाई भुइँमा लडिरहेको र माफी मागिरहेको अवस्थामा देखाइएको छ। कार्टुनमा एक महिलाको गुस्सी उनको अनुहारमा परेको देखिन्छ, तर महिलाको अनुहार देखाइएको छैन। उक्त गुस्सीमा “बाघिन” लेखिएको छ। चित्रमा सेतो आधार र हल्का निलो किनार भएको साडीको संकेत पनि देखिन्छ, जसलाई प्रायः मुख्यमन्त्री ममता ब्यानर्जीको पहिचानसँग जोडेर हेरिन्छ। पोस्टरमा एक न्यायाधीशलाई कुर्सीमा बसेको अवस्थामा पनि देखाइएको छ।
यसबीच पश्चिम बंगाल भारतीय जनता पार्टी (भाजपा) ले उक्त पोस्टरलाई “घटिया मानसिकता र अत्यन्त अपमानजनक अभिव्यक्ति” भनेर आलोचना गरेको छ।
कोलकाता नगर निगमका भाजपा पार्षद सजल घोषले चुनाउ आयोग भारतीय लोकतन्त्रको महत्वपूर्ण संस्था भएको भन्दै त्यसका प्रमुखप्रति यस्तो अपमान अस्वीकार्य भएको बताएका छन्। उनका अनुसार, यसले विशेष गहन पुनरीक्षण (एसआईआर) अभियानलाई लिएर तृणमूल कांग्रेसको बेचैनी पनि देखाउँछ, जसका कारण लाखौँ कथित नक्कली मतदाताको नाम हटाउने विषय उठेको छ।
राजनीतिक पर्यवेक्षकहरूको भनाइमा चुनाउ आयोगको पूर्ण पीठको भ्रमणअघि यी पोस्टरहरू जानाजानी सार्वजनिक स्थानहरूमा टाँसिएका हुन्, जहाँबाट हरेक दिन ठूलो संख्यामा मानिसहरू आवतजावत गर्छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी