सिक्किममा साइबर ठगीको मामिला बढ्दै
cyber crime


गान्तोक, 07 मार्च (हि.स.)। सिक्किममा साइबर ठगीका मामिलाहरू निरन्तर प्रकाशमा आइरहेका छन्। साइबर अपराधीहरूले विभिन्न तरिकाले मानिसहरूलाई आफ्नो शिकार बनाइरहेका छन्। यस क्रममा गेजिङ जिल्ला र सोरेङ जिल्लामा साइबर ठगीका एक-एकवटा मामिला अघि आएका छन्।

पुलिस रिपोर्टका अनुसार, गेजिङ जिल्लाकी एउटी महिला इन्स्टाग्राम पेजमा 'इण्डियनमनी हेल्पर99' नामक पेजको माध्यमद्वारा ठगीको शिकार बनेकी छन्। पीडित महिलाले उक्त पेजमा 5 हजार रूपियॉं लोनको प्रस्ताव देखिन्। उनले इन्स्टाग्राम म्यासेन्जर मार्फत सम्पर्क गरिन्। उनलाई 5 हजार रूपियॉं प्राप्त गर्नका लागि 190 रूपियॉं भुक्तान गर्न लगाइयो।

पीडित महिलाले पैसा भुक्तान गरेपछि उनलाई जीएसटी चार्जको नाममा फेरि 799.10 रूपियॉं भुक्तान गर्न लगाइयो। उनले शुल्क बुझाएपछि लोनको प्रतीक्षामा बसिन्। उनलाई लोनको पैसा प्राप्त नभएपछि साइबर हेल्पलाइन नम्बर 1930 मा सम्पर्क गरेर शिकायत दर्ता गराइन्।

अर्को साइबर ठगीको घटना सोरेङ जिल्लामा घटेको छ। जानकारी अनुसार, साइबर ठगले प्यान कार्डको केवाईसी भेरीफिकेशनको नाममा फोन गरेर ओटीपी मागे। फोन पीडित महिलाकी नाबालिग छोरीले उठाएकी थिइन् र ओटीपी साझा गरिन्। यसपछि, महिलाको अकाण्टबाट 55 हजार 470 रूपियॉं निकालियो। महिला ब्याङ्कमा गएर सोधपुछ गर्दा ठगीको शिकार भएको थाहा पाइन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande