
नयाँ दिल्ली, 08 मार्च (हि.स.)। केन्द्रिय मन्त्री अन्नपूर्णा देवीले राष्ट्रपति द्रौपदी मुर्मूको पश्चिम बंगाल दौड़ाहमा भएको घटनालाई लिएर ममता ब्यानर्जीमाथि चर्को प्रतिक्रिया दिइन्। आइतवार कर्तव्य पथमा आयोजित शक्ति वकपछि मीडियासँग कुरा गर्दै अन्नपूर्णा देवीले भनिन्, पश्चिम बंगालमा राष्ट्रपति द्रौपदी मुर्मुको साथ गरिएको व्यवहार अत्यन्तै दुर्भाग्यपूर्ण र लोकतान्त्रिक मान्यता विपरीत छ। यो दुर्भाग्यपूर्ण घटनाको जति निन्दा गरेपनि त्यो कम छ।
उनले भनिन्, राष्ट्रपति देशको संवैधानिक प्रमुख हुन्छन्। पश्चिम बंगालको भ्रमणको क्रममा कुनै पनि मन्त्री वा मुख्यमन्त्रीको अनुपस्थितिले पश्चिम बंगाल सरकारको खराब सोच र मानसिकतालाई प्रतिबिम्बित गर्दछ। यस्तो देखिन्छ कि ममता ब्यानर्जी हताश भएकी छन्।
मुख्यमन्त्रीले जुन प्रकारको बयान दिइरहेकी छन्, त्यो ठीक होइन। राष्ट्रपति कुनै पनि पार्टीको हुँदैनन्। द्रौपदी मुर्मु सम्पूर्ण देशकी संवैधानिक प्रमुख हुन्। उनलाई कतैपनि कुनैपनि समयमा जान कसैको सल्लाहको आवश्यकता पर्दैन। त्यसैले हिजो भएको घटना देशको लागि निश्चित रूपमा लज्जास्पद हो र उनको खराब सोचलाई प्रतिबिम्बित गर्दछ।
उनले भनिन्, यस पदको गरिमा र सम्मानप्रति कुनै पनि असंवेदनशीलता पूर्णतया अस्वीकार्य छ। यो घटनाले देशका जनताको भावनामा चोट पुर्यावएको छ।
पश्चिम बंगाल सरकारलाई यो अभद्र व्यवहारको लागि जवाफदेही बनाउनुपर्छ। उनले देशसँग माफी माग्नुपर्छ।
हिन्दुस्थान समाचार / भवानी थामी