राष्ट्रपति पदको सम्मान गर्नुपर्छ- मायावती
माया


लखनऊ, 08 मार्च (हि.स.)। बहुजन समाज पार्टी (बसपा) का राष्ट्रिय अध्यक्ष मायावतीले राष्ट्रपति द्रौपदी मुर्मुको पश्चिम बंगाल भ्रमणलाई लिएर भएको विवादमा प्रतिक्रिया दिएकी छन्।

आइतवार एक्स पोस्टमा बसपा प्रमुखले लेखेकी छन् कि भारतीय संविधानको मान-मर्यादा अनुसार सबैले राष्ट्रपतिको पदको सम्मान गर्नुपर्छ। उनको प्रोटोकल पालना गर्नु पनि महत्त्वपूर्ण छ र यो पदलाई कुनै पनि हिसाबले राजनीतिकरण गर्नु उचित छैन। देशकी वर्तमान राष्ट्रपति केवल एक महिला मात्र होइनन् तर आदिवासी समुदायकी पनि हुन् तर हालै उनको पश्चिम बंगाल भ्रमणको क्रममा जे भयो त्यो हुनुहुँदैन थियो। यो अत्यन्तै दुर्भाग्यपूर्ण हो।

उनले थप लेखेकी छन्, संसदको हालैको राजनीतिकरण विशेषगरी लोकसभा अध्यक्ष पदको, यो पनि उचित होइन। सबैले दलीय राजनीतिभन्दा माथि उठेर संवैधानिक पदहरूको गरिमालाई सम्मान गरे राम्रो हुनेछ। उनले लेखेकी छन्, 'भोलीदेखि शुरु हुने संसदको सत्र देश र जनताको हितमा सुचारु रूपमा चलोस्, यो जनताको अपेक्षा हो र समयको माग पनि हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande