प्रदेशका छोरीहरूलाई अब कसैसँग डराउनु पर्दैन: योगी आदित्यनाथ
Yogi Adithyanath


- अन्तरराष्ट्रिय महिला दिवसमा प्रदेशको नारी शक्तिलाई मुख्यमन्त्री योगीको पत्र

लखनउ, 0८ मार्च (हि.स.)। मुख्यमन्त्री योगी आदित्यनाथले अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा प्रदेशको नारी शक्तिलाई पत्र लेख्दै उनीहरूको योगदानको महत्व उल्लेख गरेका छन्। उनले सशक्त समाज निर्माणमा महिलाहरूको महत्वपूर्ण भूमिका रहने बताएका छन्।

मुख्यमन्त्री योगी आदित्यनाथले सरकार आधा जनसंख्याको सुरक्षा, सम्मान र आत्मनिर्भरता सुनिश्चित गर्न दृढ़ संकल्पित रहेको बताए। उनले भने, सन् २०१७ भन्दा अघि महिलाविरुद्ध अपराध सामान्य जस्तै थियो, तर अहिले प्रदेशमा छोरीहरू सुरक्षित छन्। स्पष्ट नीति र स्वच्छ नियतका कारण यो सम्भव भएको छ।

नारी शक्तिलाई सम्बोधन गर्दै उनले लेखेका छन्, मिशन शक्ति र एण्टी रोमियो अभियान जस्ता कार्यक्रमहरूले अपराधीहरूको मनमा डर पैदा गरेका छन्। जहाँ छोरीहरू सुरक्षित र सम्मानित हुन्छन्, त्यहाँ समाजले निरन्तर प्रगति गर्छ। आज छात्राहरूको विद्यालय छोड्ने दर, मातृ मृत्यु दर तथा शिशु मृत्यु दरमा उल्लेखनीय कमी आएको छ। शिक्षादेखि रोजगारीसम्म छोरीहरूलाई समान अवसर उपलब्ध भइरहेको र उत्तर प्रदेशकी नारी शक्ति आत्मनिर्भरतातर्फ नयाँ अध्याय लेखिरहेको उनले बताए।

मुख्यमन्त्रीले बीसी सखी, लक्ष्मी दीदी, ड्रोन दीदी, स्वास्थ्य सखी र सूर्य सखी जस्ता पहलहरूले परिवारसँगै प्रदेशलाई सशक्त बनाइरहेको बताए। नारीको सम्मान सम्पूर्ण समाजका लागि सर्वोपरि हुनुपर्ने उनले उल्लेख गरे। उनले भने, “आमा र मातृभूमि स्वर्गभन्दा पनि महान हुन्छ।”

आफ्नो पत्रमा उनले लेखेका छन्, प्रदेशका छोरीहरूलाई अब कसैसँग डराउनु पर्ने आवश्यकता छैन। सरकार छोरीहरूको सपना साकार पार्न उनीहरूलाई प्रोत्साहित गरिरहेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande