भाजपाले राज्यसभा चुनाउका लागि पर्यवेक्षक नियुक्त गर्यो
भाजपा राज्य सभा चुनाउ


नयाँ दिल्ली, ०९ मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले राज्यसभा चुनाउका लागि बिहार, हरियाणा र ओडिशाका लागि केन्द्रिय पर्यवेक्षक नियुक्त गरेको छ। सोमबार जारी गरिएको भाजपाको विज्ञप्तिअनुसार, पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले राज्यसभा चुनाउका लागि बिहारमा छत्तीसगढ़का उपमुख्यमन्त्री विजय शर्मा र केन्द्रिय मन्त्री हर्ष मल्होत्रालाई केन्द्रिय पर्यवेक्षकका रूपमा नियुक्त गरेका छन्।

यसैगरी हरियाणाका लागि गुजरातका उपमुख्यमन्त्री हर्ष सांघवी र ओडिशाका लागि महाराष्ट्र सरकारका मन्त्री चन्द्रशेखर बावनकुलेलाई पर्यवेक्षक नियुक्त गरिएको छ।

उल्लेखनीय छ, १० राज्यका ३७ सिटका लागि १६ मार्चमा चुनाउ हुने तय भएको छ र मतगणना पनि सोही दिन हुनेछ। चुनाउ हुने राज्यहरूमा महाराष्ट्र (७ सिट), तमिलनाडु (६), पश्चिम बंगाल र बिहार (५-५), ओडिशा (४), असम (३), हरियाणा, तेलंगाना र छत्तीसगढ़ (२-२) तथा हिमाचल प्रदेश (१ सिट) रहेका छन्।

आज नामाङ्कन फिर्ता लिने अन्तिम मिति रहेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande