कोलकाता पुगे निर्वाचन आयोगको पूर्ण टोली, राजनीतिक दलहरूसँग बैठक हुने
कोलकाता पुगे निर्वाचन आयोगको पूर्ण टोली


- विरोध प्रदर्शनका बीच गरे कालीघाट मन्दिरमा दर्शन

कोलकाता, 09 मार्च (हि.स.)। पश्चिम बंगालमा चुनावी तयारी र मतदाता सूचीसँग सम्बन्धित विषयहरूको बीचमा भारत निर्वाचन आयोगको पूर्ण टोली आइतबार राति कोलकाता पुगेको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको नेतृत्वमा १२ सदस्यीय टोली राज्य भ्रमणमा आएको हो।

तीनदिने भ्रमणमा आएका भारत निर्वाचन आयोगको टोली सोमबार बिहान कोलकाताको प्रसिद्ध कालीघाट मन्दिरमा पूजा-अर्चना गर्न पुग्यो। यस क्रममा मन्दिर बाहिर केही मानिसहरूले विरोध प्रदर्शन गर्दै निर्वाचन आयोगविरुद्ध नाराबाजी गरे।कोलकाता पुगेको आयोगको टोलीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारका अतिरिक्त निर्वाचन आयुक्त सुखबीर सिंह सन्धू र विवेक जोशी पनि सहभागी छन्। उनीहरूसँगै दुई उप निर्वाचन आयुक्त मनीष गर्ग र पवन कुमार शर्मा पनि राज्यमा उपस्थित छन्। मुख्य निर्वाचन आयुक्त र अन्य अधिकारीहरूको स्वागतका लागि कोलकाता विमानस्थलमा राज्यकी मुख्य सचिव नन्दिनी चक्रवर्ती, गृह सचिव, प्रहरी महानिर्देशक तथा मुख्य निर्वाचन अधिकारी उपस्थित थिए।

आयोगको सोमबार विभिन्न राजनीतिक दलहरूसँग बैठक तय गरिएको छ। आयोगका अनुसार, राज्य र केन्द्रका आठ मान्यता प्राप्त राजनीतिक दलहरूलाई बैठकका लागि आमन्त्रित गरिएको छ। प्रत्येक दलसँग छुट्टाछुट्टै बैठक हुनेछ र प्रत्येक दलका लागि १५ मिनेट समय तोकिएको छ।

तृणमूल कांग्रेसको प्रतिनिधिमण्डलमा राज्यका पूर्व पुलिस महानिर्देशक तथा हाल राज्यसभा उम्मेदवार राजीव कुमार सहभागी हुनेछन्। तृणमूल स्रोतका अनुसार, प्रतिनिधिमण्डलमा राज्यका दुई मन्त्री फिरहाद हाकिम र चन्द्रिमा भट्टाचार्य पनि सहभागी हुनेछन्।

यसअघि आइतबार दिउँसो उप निर्वाचन आयुक्त ज्ञानेश भारती पनि कोलकाता पुगिसकेका थिए। आयोगका महानिर्देशक आशिष गोयल, उप निर्देशक पी. पवन, अपूर्व कुमार सिंह र भिडियो सम्पादक रञ्जीत कुमार श्रीवास्तव पनि राज्यमा पुगेको जानकारी प्राप्त भएको छ। आइतबार राति जब मुख्य निर्वाचन आयुक्तको काफिला वीआईपी रोड हुँदै जाँदै थियो, त्यस बेला वामपन्थी दलका कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्दै ‘गो ब्याक’ का नारा लगाए।

पश्चिम बंगालको तीनदिने भ्रमणमा आएका भारत निर्वाचन आयोगका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार सोमबार बिहान कोलकाताको प्रसिद्ध कालीघाट मन्दिरमा पूजा-अर्चना गर्न पुगेका छन्। यस क्रममा मन्दिर बाहिर केही मानिसहरूले विरोध प्रदर्शन गर्दै निर्वाचन आयोगविरुद्ध नाराबाजी गरे।

मुख्य निर्वाचन आयुक्तसँगै राज्यका मुख्य निर्वाचन अधिकारी मनोज कुमार अग्रवाल पनि उपस्थित थिए। दुवै जना मन्दिर पुग्नुअघि नै मन्दिर परिसर बाहिर प्रदर्शन शुरु भएको थियो। प्रदर्शनकारीहरूले कालो झण्डा देखाउँदै निर्वाचन आयोग र विशेष पुनरीक्षण प्रक्रियाविरुद्ध नाराबाजी गरेका थिए।

प्रदर्शनकारीहरूले विशेष पुनरीक्षण प्रक्रियामार्फत मतदाता सूचीबाट धेरै व्यक्तिहरूका नाम अनावश्यक रूपमा हटाइएको आरोप लगाए। मुख्य निर्वाचन आयुक्तकै अगाडि प्रदर्शनकारीहरूले आयोगप्रति आफ्नो आक्रोश व्यक्त गरेका थिए।

विरोधका बीच नै ज्ञानेश कुमार मन्दिरभित्र प्रवेश गरी पूजा-अर्चना गरे। त्यस समयमा उनले कुनै टिप्पणी गरेनन्।

मन्दिरबाट बाहिर निस्किएपछि पत्रकारहरूसँग छोटो कुराकानी गर्दै उनले भने, “पश्चिम बंगालका सबै दाजुभाई तथा दिदीबहिनीहरूलाई मेरो नमस्कार। काली आमाले सबैलाई सुखी राखून्।” विरोध प्रदर्शनबारे सोधिएको प्रश्नमा भने उनले कुनै प्रतिक्रिया दिएनन् र त्यहाँबाट प्रस्थान गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande