
नयाँ दिल्ली, ०९ मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी ले टी-२० क्रिकेट विश्वकपमा भारतीय टोलीले हासिल गरेको ऐतिहासिक जितको प्रशंसा गर्दै यसलाई जीवनका ठूला लक्ष्य प्राप्त गर्ने प्रेरणादायी उदाहरण बताएका छन्। उनले भने, टिम इन्डियाको यो उपलब्धि केवल खेलमा प्राप्त जित मात्र नभई दृढ़ संकल्प, संयम र आत्मविश्वासको शक्तिको प्रमाण हो।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, “टी-२० क्रिकेट विश्वकप जितेर भारतीय टोलीले यो प्रमाणित गरेको छ कि दृढ़ संकल्प, संयम र आत्मविश्वासको संयोजन नै जीवनमा सफलताको कुञ्जी हो। यो जितले सही दिशामा गरिएको कडा मेहनतले कुनै पनि लक्ष्य हासिल गर्न सकिन्छ भन्ने देखाउँछ।”
प्रधानमन्त्रीले एक संस्कृत सुभाषित पनि साझा गरेका छन्,
“अभीप्सां स्वात्मनो रक्षाऽविरतं सुस्थिरं तया।
यत्नमातिष्ठ धैर्येण ततः सिद्धिर्भवेद् ध्रुवम्॥”
यसको अर्थ स्पष्ट गर्दै उनले भने, जीवनमा प्रगति चाहने व्यक्तिले दृढ़ता र लगनका साथ निरन्तर प्रयास गर्नुपर्छ। धैर्यका साथ निरन्तर गरिएको कडा मेहनतले निश्चित रूपमा सफलताको मार्ग खोल्छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी