सर्कस परम्परा विलुप्तप्राय अवस्थामा, कलाकारहरू चिन्तित
सर्कस परम्परा विलुप्तप्राय अवस्थामा, कलाकारहरू चिन्तित


आसनसोल, 01 अप्रेल (हि.स.)। आसनसोलको पोलो ग्राउण्डमा अहिलेघरि भइरहेको ऐतिहासिक अजन्ता सर्कस मानिसहरूको आकर्षणको केन्द्र बन्न पुगेको छ। चुनावी माहोलमा पनि दर्शकहरूको व्यापक भीड सर्कसमा उर्लिरहेको छ जसबाट स्पष्ट हुन्छ, पारम्परिक मनोरञ्जनप्रति मानिसहरूको लगाव अहिले पनि कायम छ। तर परिवर्तनशील नियम तथा परिस्थितिले गर्दा सर्कसको परम्परा विलुप्तप्राय भएको छ।

सर्कसका म्यानेजर ह्याप्पीले बताए, यस सर्कसमा लगभग 70 जना कलाकारहरूले काम गरिरहेका छन् भने यिनीहरू सबैको आजीविकाको एकमात्र साधन यही सर्कस हो। तथापि उनले चिन्ता व्यक्त गरे, पछिल्लो केही वर्षमा सर्कसको रौनक पहिलो जस्तो छैन। एक समयमा बाघ, हात्ती, घोड़ा जस्ता जनावरहरू मानिसहरूको निम्ति आकर्षणको ठूलो माध्यम हुन्थ्यो, तर अहिले परिवर्तनशील नियम तथा परिस्थितिले गर्दा त्यस्तो प्रदर्शन हुन सकिरहेको छैन।

उनले भने, वर्तमानमा सर्कसबाट आय पनि आशा अनुरूप भइरहेको छैन जसबाट यसको भविष्यमाथि संकटको बादल मड़ारिरहेको छ।

उनले भावुक हुँदै भने, ”यदि स्थिति यस्तै रहे त्यो टिन टाड़ा छैन जुन दिन सर्कस मात्र कथाहरूमा समेटिनेछ अनि भावी पिंढ़ीले यसको कथा मात्र सुन्न पाउनेछन्।”

म्यानेजरले यो पनि बताए, सर्कसलाई बचाउनको लागि धेरै पटक सरकारसित आर्थिक सहयोगको माग गरिसकिएको छ, तर अहिलेसम्म कुनै ठोस मद्दत प्राप्त हुन सकेको छैन। उनको मान्यतामा सरकारी सहयोगले नै यस परम्परागत कलालाई जीवित राख्न सक्नेछ।

उनले सर्कस मालिकको सराहना गर्दै भने, लगातार नोक्सान भइरहेको भए पनि उनले सर्कस चलाइरहेका छन्, किनभने उनको मनमा कलाकारहरूको आजीविकाप्रति गहिरो चिन्ता छ। उनले भने, “यदि सर्कस बन्द भयो भने वर्षौंदेखि योसित जोड़िएका कलाकारहरूको के होला, उनीहरू कहाँ जालान्- यस्तै कुराहरू सोचेर मालिकले जसरी भए पनि यसलाई चलाइरहेका छन्।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande