दोहोरो हत्याकाण्डले पुण्डिबाड़ी क्षेत्रमा कोकोहोलो
दोहोरो हत्याकाण्डले पुण्डिबाड़ी क्षेत्रमा कोकोहोलो


कूचबिहार, 01 अप्रेल (हि.स.)। जिल्लाको पुण्डीबारी क्षेत्रमा दोहोरो हत्याले कोकोहोलो मच्चाएको छ। घटना पुण्डीबाड़ी थाना क्षेत्रको बोकालिर मठ नजिकै रेलवे लाइन निकट भएको हो।

पुलिस र स्थानीय सूत्रहरू अनुसार, मृतकमध्ये एक जना सोही क्षेत्रका निवासी सुकुमार भुइया हुन्। दोस्रो मृतकको पहिचान अझै भएको छैन। प्रत्यक्षदर्शीहरूले कुनै अज्ञात कारणले गर्दा मंगलवार राति अचानक एक युवकले सुकुमारमाथि आक्रमण गऱ्यो र धारिलो हतियारले घाँटी काटेको दाबी गरेका छन्, जस कारण उनी घटनास्थलमै ढलेका थिए।

यो क्रूर घटनाबाट स्थानीय बासिन्दा आक्रोशित भए। आक्रोशित भीड़ले आरोपीलाई समातेर गम्भीर कुटपिट गरेपछि उसको पनि घटनास्थलमै मृत्यु भयो। जानकारी पाएपछि पुण्डीबाड़ी थानाबाट पुलिस घटनास्थलमा पुग्यो।

घटना भएदेखि बोकालिर मठ क्षेत्रमा तनाव र आतंक फैलिएको छ। पुलिसले दुवै शव आफ्नो कब्जामा लिएर पोस्टमार्टमको लागि पठाएको छ। यो घटना पुरानो प्रतिद्वन्द्विताको परिणाम हो वा अचानक भएको विवाद, यसको अनुसन्धान भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande