
शिवसागर (असम), 01 अप्रेल (हि.स.)। असम प्रदेश कंग्रेस कमिटी (एपीसीसी)- का अध्यक्ष गौरव गोगोईले बुधवार भाजपा सरकारको मदिरा नीतिमाथि चर्को प्रहार गर्दै आरोप लगाए, राज्यमा मदिराका दोकानहरू खोलेर नयाँ पिँढ़ीलाई खाड़लमा धकेलिरहेको छ।
नाजिरामा कंग्रेस नेता प्रियंका गान्धी वाड्राको उपस्थितिमा आयोजित एक जनसभालाई सम्बोधन गर्दै गोगोईले भने, भाजपा सरकारले मदिरा व्यापारलाई प्रोत्साहित गरिरहेको छ जसबाट युवाहरूको भविष्य प्रभावित भइरहेको छ।
उनले भने, यदि राज्यमा कंग्रेस सरकारमा आयो भने मुख्यमन्त्री हिमन्त बिस्व सरमाको कार्याकालमा खोलिेका सबै मदिरा दोकानहरूलाई बन्द गरिनेछ। गोगोईले यो पनि दोहोऱ्याए, कंग्रेसले युवा पिंढ़ीको सुरक्षाको लागि कड़ा कदम उठाउनेछ।
असम विधानसभा चुनाउलाई केन्द्र गर्दै द्रूत गतिमा अगाड़ि बड़िरहेको प्रचार-प्रसारको क्रममा नाजिरामा आयोजित एक ऱ्यालीमा गोगोईले उक्त बयान दिएका हुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा