ओडिशा दिवसमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना
उत्कल


नयाँ दिल्ली, 01 अप्रेल (हि.स.)। ओडिशाको स्थापना दिवस (उत्कल दिवस) को अवसरमा राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रिय मन्त्रीहरूसँग मिलेर राज्यका जनतालाई शुभकामना व्यक्त गर्दै राज्यको समृद्ध सांस्कृतिक सम्पदा, परम्परा र योगदानको प्रशंसा गरे।

आफ्नो सन्देशमा राष्ट्रपति मुर्मुले यो दिन ओडिशाको समृद्ध सांस्कृतिक विरासत, कालातीत परम्परा र यसका जनताको अदम्य साहसको प्रतीक भएको बताइन्। उनले स्वतन्त्रता संग्राम र राष्ट्र निर्माणमा ओडिशाको योगदान प्रेरणादायी रहेको बताइन्। राष्ट्रपतिले राज्यका जनताको प्रगति र समृद्धिको लागि भगवान जगन्नाथसित प्रार्थना गरिन्।

उपराष्ट्रपति राधाकृष्णनले पनि ओडिशा दिवसको शुभकामना व्यक्त गर्दै राज्यको गौरवशाली संस्कृति र अदम्य भावनाको प्रशंसा गरे। उनले राज्यको निरन्तर शान्ति, समृद्धि र विकासको लागि प्रार्थना गरे।

प्रधानमन्त्री मोदीले उत्कल दिवसको अवसरमा ओडिशा सांस्कृतिक र आध्यात्मिक महानताको प्रतीक भएको बताए। उनले ओडिया संगीत, कला र साहित्यको प्रशंसा गर्दै राज्यका जनताले आफ्नो कड़ा परिश्रम र सरलता मार्फत हरेक क्षेत्रमा उल्लेखनीय योगदान पुर्या्एको उल्लेख गरे।

लोकसभा अध्यक्ष ओम बिरलाले पनि राज्यका जनतालाई बधाई दिँदै भने, ओडिशाको समृद्ध सांस्कृतिक सम्पदा, गौरवशाली इतिहास र प्राकृतिक सम्पदाले देशको पहिचानलाई अझ् बलियो बनाउँछ। उनले राज्यको निरन्तर प्रगति र आत्मनिर्भरताको कामना गरे।

गृहमन्त्री अमित शाहले भने, भगवान जगन्नाथको आशीर्वादले ओडिशा भारतको गौरवको रूपमा उदाइरहेको छ र विकसित भारत निर्माणमा प्रमुख भूमिका खेलिरहेको छ।

उल्लेख्य, ओडिशा दिवस हरेक वर्ष 01 अप्रेलमा मनाइन्छ, जब 1936 मा ओडिशा एक छुट्टै राज्यको रूपमा अस्तित्वमा आएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande