
जम्मू, 01 अप्रेल (हि.स.)। जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले बुधवार भने, उपत्याकामा कश्मीरी पण्डितहरूको फिर्ती एक सुरक्षित वातावरणको बहालीमाथि निर्भर गर्दछ। उनले भने, सरकारले उनीहरूका धार्मिक स्थलहरूको सुरक्षालाई प्राथमिकता दिन जारी राख्नेछ। विधानसभामा एक निजी विधेयकमाथि भएको चर्चामा बोल्दै मुख्यमन्त्रीले भने, कश्मीरी पण्डितहरूको विस्थापन एक वास्तविकता हो जसलाई न त सरकारले अस्वीकार गर्छ न अन्यले नै। उनीहरूलाई फिर्तीलाई सुविधाजनक बनाउनको लागि लगातार सरकारहरूले प्रयास गरिरहेको भए पनि धरातलीय स्तरमा स्थिति अहिले पनि त्यस स्तरसम्म पुग्न सकेको छैन जहाँ समुदायका सदस्यहरूले फर्केर आउनका लागि पर्याप्त सुरक्षा महसूस गर्न सकुन्। मुख्यमन्त्रीले भने, समुदायको सुरक्षाको भावना गहिराईबाटै प्रभावित भएको छ। कुनै पनि सार्थक फिर्तीअघि यसको पुनर्निर्माण गरिनुपर्छ। त्यस विश्वासलाई बहाल नगरी उनीहरू फर्किने आशा गर्नु यथार्थवादी हुनेछैन।उनले सदनलाई बताए, सरकारले विस्थापित समुदायका सम्पत्तिहरूको सुरक्षा गर्नको लागि कदम उठाइरहेको छ साथै उनीहरूसित सम्बन्धित धार्मिक सस्थलहरूलाई प्राथमिकतामा राखेर त्यसको सुरक्षा गरिंदैछ। पहिलाका विधायी प्रयासहरूको उल्लेख गर्दै उनले भने, अतीतमा यस्ता सम्पत्तिहरूको सुरक्षा गर्नको लागि एउटा विधेयक पेश गरिएको थियो, तर त्यसले समुदायभित्रकै वर्गहरूबाट विरोधको सामना गर्नु पऱ्यो। भविष्यमा कुनै पनि कानूनमा विभाजनदेकि बच्नको लागि व्यापक सहमति हुनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा