न्यायिक जाँचका लम्बित मामिलाहरू घटेर 13 लाख, एसआईआर यसै सप्ताह पूरा हुने सम्भावना
न्यायिक जाँचका लम्बित मामिलाहरू घटेर 13 लाख, एसआईआर यसै सप्ताह पूरा हुने सम्भावना


कोलकाता, 01 अप्रेल (हि.स.)। पश्चिम बंगालमा मतदाता सूचीसित सम्बन्धित तार्किक विसंगति श्रेणीका मामिलाहरूको न्यायिक जाँच प्रक्रियामा तीव्रता आएको छ। अहिलेसम्ममा 78 प्रतिशतभन्दा अधिक मामिलाहरूको जाँच पूरा भइसकेको छ भने लगभग 13 लाख मामिलाहरूलाई सुल्झाउन बाँकी रहेको छ।

बुधवार अधिकारीहरूले बताए, 7 सयभन्दा अधिक न्यायिक अधिकारीहरू यस प्रक्रियामा लागिपरेका छन् जसमा झारखण्ड र ओडिशाबाट आएका लगभग सय-सय जना अधिकारीहरू सामेल छन्। मुख्य निर्वाचन अधिकारी कार्यालयको एक सूत्र अनुसार जुन गतिमा जाँच अगाड़ि बढ़िरहेको छ, त्यसबाट रहल प्रक्रिया यसै सप्ताहभित्रमा पूरा हुने आशा छ।

सूत्रले बतायो, गए मंगलवार रातीसम्ममा 47 लाख मामिलाको जाँच पूरा भइसकेको थियो जसमा कतिजनाको नाम हटाइयो, त्यसको सठीक संख्या अहिलेसम्म स्पष्ट हुन सकेको छैन। तथापि प्रतिदिन द्रूत गतिमा भइरहेको जाँच प्रक्रिया अन्तर्गत 40 प्रतिशत नामलाई हटाइँदैछ।

नाम काटिएका मतदाताहरूले यसको विरोधमा अपील गर्ने अधिकार दिइएको छ। यसको लागि 19 अपीलीय न्यायाधिकरण बनाइएको छ जहाँ प्रभावित मतदाताहरूले आफ्नो अपील दर्ता गर्न सक्नेछन्।

उल्लेखनीय छ, न्यायिक जाँचको लागि पठाइएको 60 लाख 675 मामिलालाई भिन्नै राखेर राज्यको अन्तिम मतदाता सूची गत 28 फरवरीमा प्रकाशित गरिएको थियो। सर्वोच्च न्यायालयको निर्देशमा जाँचको प्रगति अनुसार पूरक मतदाता सूची समय-समयमा जारी गरिनुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande