
गान्तोक, 01 अप्रेल (हि.स.)। गान्तोक नगर निगम (जीएमसी) र सिङताम नगर पञ्चायत (एसएनपी) मा हुन लागिरहेको आगामी चुनाउलाई लिएर आज उम्मेदवारहरूको मनोनयन पत्र जॉंच सम्पन्न गरियो। जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न मनोनयन पत्र जॉंचमा जिल्लापाल तुषार निखारे, चुनाउ पर्यवेक्षक बसन्त कुमार लामा तथा जीएमसी र एसएनपीका उम्मेदवारहरू उपस्थित थिए। यस अवधि सबै उम्मेदवारहरूको मनोनयन पत्र स्वीकृत गरिएको छ।
जीएमसी अन्तर्गत डिजल पावर हाउस वार्डमा भाजपा उम्मेदवार सृजना छेत्री, एसकेएम उम्मेदवार अभिषेक शर्मा र स्वतन्त्र उम्मेदवार बिन्ध्या सिन्चुरीले मनोनयन पत्र बुझाएका छन्। यसरी नै आरिथाङ वार्डका लागि एसकेएम उम्मेदवार कर्म टेम्पो राप्ग्याल भोटिया र स्वतन्त्र उम्मेदवार दावा शेर्पाले मनोनयन पत्र बुझाएका छन्। तादोङ वार्डका लागि भाजपा उम्मेदवार सोनाम पिन्चो भोटिया र भाजपा उम्मेदवार पेम्पो दोर्जी लेप्चाले मनोनयन पत्र बुझाएका छन्। जीएमसी अन्तर्गत अन्य सबै 18 वार्डहरूमा केवल एसकेएम पार्टीका उम्मेदवारहरूले मनोनयन पत्र बुझाएका छन्।
सिङताम नगर पञ्चायतको पिपल डॉंड़ा वार्डका लागि एसकेएम उम्मेदवार याद कुमारी कामी र भाजपा उम्मेदवार रजनी सिंह सिन्चुरीले मनोनयन पत्र बुझाएका छन्। एसएनपीका अन्य चार वार्डहरूमा केवल एसकेएम उम्मेदवारहरूले मनोनयन पत्र बुझाएका थिए। मनोयन पत्र फिर्ता लिने अन्तिम मिति आगामी 4 अप्रेल रहेको छ।
हिन्दुस्थान समाचार / बिशाल