चुनावी माहोलमा तीन दलका उम्मेद्वार एउटै मञ्चमा
चुनावी माहोलमा तीन दलका उम्मेद्वार एउटै मञ्चमा


मालदा, 01 अप्रेल (हि. स.)। जिल्लाको चाँचल ब्लक-2 को क्षेमपुरमा चुनावी गर्मीबीच सामाजिक सौहार्दको अनौठो तस्वीर देख्न पाइयो। गए मंगलवार रातभरि ‘सरहुल’ औ सरना प्रार्थना सभाको आयोजन गरियो जसमा विशेष कुरा के देख्न पाइयो भने तीन भिन्न राजनीतिक पार्टीका उम्मेद्वारहरू एउटै मञ्चमा देखिए।

मञ्चमा कंग्रेसकी मौसम नूर, तृणमूल कंग्रेसका अब्दुर रहिम बक्सी औ भाजपाका आशिष दास सँगै सामेल भए। चुनाउमा एका-अर्काको प्रतिस्पर्धी भएपनि आदिवासी समाजको निम्तोमा यी तीनै नेताहरू एकजुट भएर मञ्च सझा गरे।

तीनै उम्मेद्वारहरूले आफ्नो सम्बोधनमा आदिवासी संस्कृति अनि परम्पराहरूलाई संरक्षित गर्नको साथै क्षेत्रको विकास गर्ने वाचा गरे।

स्थानीय मानिसहरूको मान्यता छ, चुनावी माहोलमा यस किसिमको एकजुट सन्देशले सामाजिक एकतालाई सुदृढ़ बनाउँछ। सरना धर्म परम्परा अनुसार यस उत्सवमा सालको वृक्षको पूजा अनि सूर्यसित धरतीको प्रतिकात्मक विवाह गराइन्छ जसले प्रकृति अनि जीवनबीचको गहिरो सम्बन्धलाई दर्शाउँछ। यस अवधि झुमुर नृत्य र सरना गीतहरूबीच सारा क्षेत्र उत्सवमा डुबेको थियो।

कार्यक्रममा सरना प्रार्थना सभाका राष्ट्रिय अध्यक्ष बन्धन तिग्गा, महासचिव विद्यासागर केराकाटा औ अल इण्डिया उराँव कमिटीका मालदा जिल्लाध्यक्ष छबीलाल उराँव समेत केही प्रमुख व्यक्तित्वहरू उपस्थित थिए।

यस अवसरमा लगभग 50 जना आदिवासी मोरलहरूलाई सम्मानित गरियो। मालदा तथा यस वरपरका क्षेत्रहरूबाट आएका पाँच हजार आदिवासी महिला-पुरूषहरू यस आयोजनमा सामेल भए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande