
इम्फाल, 11 अप्रेल (हि.स.)। मणिपुरको उखरुल जिल्लामा कुकी र नागा उग्रवादी समूहहरूबीच भएको भिडन्तमा सीमा सुरक्षा बल (बी.एस.एफ.) का एक जवान मारिएका छन्।आधिकारिक सूत्रहरूले शनिबार बताए, घटना लिटान पुलिस थाना क्षेत्र अन्तर्गत मोङ्कोट चेपु क्षेत्रमा भएको थियो जहाँ दुई उग्रवादी समूहबीच भारी गोलीबारी भएको थियो। कर्तव्य पालनका क्रममा बीएसएफको 170 औँ बटालियनका सिपाही मिथुन मण्डलको मृत्यु भयो। घटनापछि सुरक्षा बलले उक्त क्षेत्रमा खोजी अभियान शुरु गरेको छ।अधिकारीहरूका अनुसार, यस क्षेत्रको अवस्था तनावपूर्ण रहेको छ र कुनै पनि अप्रिय घटना हुन नदिन थप सुरक्षा बल तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी