नासाको आर्टेमिस-2 मिसन सम्पन्न, चार अन्तरिक्ष यात्री 10 दिनपछि चन्द्रमा छेउ पुगेर फर्किए
प्रतीकात्मक चित्र।


वासिङ्टन, 11 अप्रेल (हि.स.)। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको आर्टेमिस-2 मिसन सफलतापूर्वक सम्पन्न भएको छ। मिसनमा संलग्न चार अन्तरिक्ष यात्री चन्द्रमाको 10 दिनको यात्रापछि सुरक्षित रूपमा पृथ्वीमा फर्केका छन्। यस अभियानमा उनीहरूले पृथ्वीबाट रेकर्ड दुरी पार गरे।

नासाले एक्समा भनेकाे छ, आर्टेमिस-2 चन्द्र मिसनमा सवार चार अन्तरिक्ष यात्री कमान्डर रिड वाइजम्यान, पाइलट भिक्टर ग्लोवर, क्रिस्टिना कोच र क्यानाडाकी जेरेमी ह्यानसेन सुरक्षित रूपमा पृथ्वीमा फर्केका छन्। उनको ओरियन अन्तरिक्ष यान प्रशान्त महासागरमा अवतरण भयो। क्यालिफोर्नियाको सान डिएगो तट नजिकै स्थानीय समयअनुसार राति 8ः07 बजी (भारतीय मानक समयअनुसार बिहान 5ः37 बजी) अवतरण भएको थियो। यो मिसन 1 अप्रेलमा फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले टाेलीलाई सफलताका लागि बधाई दिएका छन्।

नासाले अन्तरिक्ष यानको अवतरणको भिडियो साझा गर्दै एक्समा लेखे, रिड, भिक्टर, क्रिस्टिना र जेरेमी, घरमा स्वागत छ! आर्टेमिस II अन्तरिक्ष यात्रीहरू 11 अप्रेलमा राति 8ः07 बजी (अमेरिकी समय) अवतरण गर्याे र आफ्नो ऐतिहासिक 10 दिने मिसन समाप्त गर्याे।

सन् 1972 पछि चन्द्र अभियानबाट फर्किएकाे यो पहिलो घटना हो। अन्तरिक्ष एजेन्सीका अनुसार, यस अभियानमा संलग्न व्यक्तिहरूले 6 लाख 90 हजारभन्दा बढी माइल यात्रा गरेका थिए। 10 दिने मिसनको सफलतापछि नासाले आर्मटिस-3 का लागि तयारी गरिरहेको छ। हालको मिसनमा अन्तरिक्ष यात्रीहरू चन्द्रमा छेउबाट पार भए, तर अर्को मिसनमा यात्रीहरू चन्द्रमामा अवतरण गर्नेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande