
कोयम्बटूर, 11 अप्रेल (हि.स.)। तमिलनाडु भारतीय जनता पार्टी (बीजेपी) का पूर्व अध्यक्ष के अन्नामलाई कुप्पुसामीले द्रविड मुन्नेत्र कड़गम (द्रमुक) सरकारमाथि गम्भीर आरोप लगाउँदै भ्रष्टाचार विरोधी एजेन्सीहरूले सरकार विरुद्ध दर्ता भएका उजुरीहरूमा अहिलेसम्म कुनै ठोस कारबाही नगरेको बताएका छन्।
कोयम्बटूरमा पत्रकारहरूसँग कुरा गर्दै अन्नामलाईले दाबी गरे कि उनले लगभग 160 करोड़ रुपियाँ बराबरको भ्रष्टाचारसँग सम्बन्धित प्रमाण भ्रष्टाचार विरोधी तथा सतर्कता निर्देशनालयमा पेश गरेका थिए तर अहिलेसम्म कुनै कारबाही भएको छैन। उनले भने, अनुसन्धान अधिकारीहरू भाजपा कार्यालय कमलालयम मा गएका थिए तर मुद्दामा कुनै ठोस प्रगति देखिएको छैन।
आगामी विधानसभा चुनाउको सन्दर्भमा अन्नामलाईले राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले 210 भन्दा बढ़ी सिट जित्ने विश्वास व्यक्त गरे। उनले चुनावी हारपछि द्रमुक विघटन हुने र कनिमोझीले छुट्टै पार्टी बनाउन सक्ने दाबी गरे।
उनले तमिलनाडुमा द्रमुक फेरि सत्तामा फर्कन नसक्ने र सत्ता परिवर्तनपछि भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कड़ा कारबाही गरिने र जेल पठाउने बताए।
फिल्मसँग सम्बन्धित मुद्दामा प्रतिक्रिया दिँदै अन्नामलाईले विजयको फिल्म जननायकन लीक भएको घटनाको कड़ा निन्दा गरे। उनले दोषीहरू विरुद्ध कड़ा कारबाही गर्नुपर्ने बताए। उनले यो पनि भने कि यदि यो मुद्दा केन्द्रिय अनुसन्धान ब्यूरोलाई सुम्पियो भने भाजपाले अनुसन्धानलाई पूर्ण समर्थन गर्नेछ।
उनले केन्द्रिय मन्त्री एल मुरुगनको नाम यस विवादमा जोड्नुलाई घृणाको पराकाष्ठा बताए।
कोयम्बटूर दक्षिण सिटका लागि सेन्थिल बालाजीलाई चुनौती दिँदै अन्नामलाईले आरोप लगाए कि उनी “टास्मैकको पैसा” ले चुनाउ लड्न खोजिरहेका छन् तर उनको अहिलेसम्मकै ठूलो हार हुनेछ।
यस बाहेक अन्नामलाईले राज्यमा कानून व्यवस्थाको अवस्था, लागूपदार्थको लतको बढ्दो प्रचलन, सरकारी विद्यालयहरूको खस्कँदो गुणस्तर र पूर्वाधारको अभाव जस्ता मुद्दाहरू पनि उठाउँदै भने, यी कारणहरूले गर्दा जनता द्रमुक सरकारसँग रिसाएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी