
देहरादून, 11 अप्रेल (हि.स.)। उत्तराखण्डमा आगामी चारधाम यात्रा-2026 लाई लिएर श्रद्धालुहरू उत्साहित छन्। चारधाम र हेमकुण्ड साहिब यात्राका लागि अहिलेसम्म कुल 14,54,897 तीर्थयात्रीहरूले पञ्जीकरण गरिसकेका छन्। तीमध्ये सबैभन्दा बढी केदारनाथ धामका लागि पञ्जीकरण गरिएको छ।
पर्यटन विभागका अनुसार, शुक्रबार साँझ 5 बजीसम्म 4 लाख 95 हजार 173 तीर्थयात्रीले केदारनाथका लागि पञ्जीकरण गरिसकेका छन्। त्यसपछि बद्रीनाथमा 429,416, गङ्गोत्रीमा 262,485 र यमुनोत्रीमा 255,609 ले पञ्जीकरण गरेका छन्। अहिलेसम्म हेमकुण्ड साहिबका लागि 12 हजार 214 तीर्थयात्रीले दर्ता गरिसकेका छन्।
हरिद्वार, ऋषिकेश, नयागांव, हर्बर्टपुर र ऋषिकेश ट्रान्जिट क्याम्पमा रहेका राज्यका विभिन्न अफलाइन दर्ता केन्द्रहरूमा आज कुनै नयाँ पञ्जीकरण गरिएको छैन। यद्यपि अफलाइन दर्ता अप्रेल 17 देखि शुरु हुनेछ, जबकि अनलाइन दर्ता मार्च 6 देखि निरन्तर चलिरहेको छ।
यात्रा कार्यक्रमअनुसार, गङ्गोत्री र यमुनोत्री धामको प्रवेशद्वार अप्रेल 19 मा खोलिनेछ। यसपछि केदारनाथ धामका द्वार 22 अप्रेलमा खुल्नेछन् भने बद्रीनाथ धामका द्वार 23 अप्रेलमा भक्तका लागि खुल्नेछन्।
राज्य सरकार र पर्यटन विभागले यात्राको व्यवस्थालाई सहज, सुरक्षित र भक्त अनुकूल बनाउन तयारी गरिरहेको छ। देश-विदेशबाट आउने तीर्थयात्रीहरूले राम्रो सुविधा पाउन सकून् भनेर यात्रा मार्ग, स्वास्थ्य सेवा, सुरक्षा व्यवस्था र दर्ता प्रणालीलाई सुदृढ़ बनाइरहेको छ।
भक्तहरूले आधिकारिक वेबसाइट registrationandtouristcare.uk.gov.in, Tourist Care Uttarakhand मोबाइल एप र हेल्पलाईन नम्बर 1364 र 0135-3520100 मार्फत पञ्जीकरण गर्न सक्छन्। केदारनाथ र हेमकुण्ड साहिबका लागि हेली सेवा टिकटहरू पनि आईआरसीटीसीको आधिकारिक वेबसाइटमार्फत बुक गरिँदैछन्।
हिन्दुस्थान समाचार / भवानी थामी