अमेरिका-इरान शान्ति वार्ता आज, दुवै देशको प्रतिनिधिमण्डल इस्लामाबादमा
अमेरिका-इरान शान्ति वार्ता आज


तेहरान, 11 अप्रेल (हि.स.)। मध्यपूर्वमा लगभग छ हप्ताको भीषण सैन्य संघर्ष र तनाउपछि पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार प्रस्तावित शान्ति वार्तामा सबैको आँखा छ। एघार वर्षमा इरान र संयुक्त राज्य अमेरिका पहिलाे पटक प्रत्यक्षरूपक्षा टेबलमा देखिने छ। वार्ताका लागि दुवै देशका प्रतिनिधि इस्लामाबाद पुगेका छन्।

पश्चिम एसियामा उच्च तनाव, होर्मुजको जलडमरूमध्यको नियन्त्रण र इजरायल-हिज्बुल्लाह संघर्षको बीचमा संयुक्त राज्य अमेरिका र इरानबीचको शान्ति वार्ता आज इस्लामाबादमा हुनेछ। अमेरिकी प्रतिनिधिमण्डलमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्स, विशेष अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुशनर सामेल छन्।

मिडिया संस्थान इरान इन्टरनेसनलका अनुसार, संसदका अध्यक्ष मोहम्मद बाघेर घालीबाफको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल वार्ताका लागि इस्लामाबाद पुगेको छ। तीमध्ये इरानका विदेश मन्त्री अब्बास अराघची, रक्षा परिषद्का सचिव अली अकबर अहमदियान र सेन्ट्रल ब्याङ्कका गभर्नर अब्दोलनासर हेममती छन्। धेरै सांसदहरू पनि प्रतिनिधिमण्डलको हिस्सा छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता शुरु हुनुअघि धम्की दिॅंदै सम्झौता नभएकाे खण्डमा सैन्य कारबाही हुने बताएका छन्, जबकि इरानले पनि धेरै शर्तहरू राखेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande