
नयाँ दिल्ली, 12 अप्रेल (हि.स.)। रेलमन्त्री अश्विनी वैष्णवले बेंगलुरु र मुम्बईबीच वन्दे भारत स्लीपर ट्रेन सञ्चालन गर्न स्वीकृति दिएका छन्।
रेलमन्त्रीले सांसद पीसी मोहनलाई पत्र लेखेर स्वीकृतिको जानकारी दिएका छन्। पत्रमा कर्नाटकको केएसआर बेंगलुरु स्टेशनबाट मुम्बईको छत्रपति शिवाजी महाराज टर्मिनससम्म वन्दे भारत स्लीपर ट्रेन सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृत गरिएको उल्लेख छ।
यो नयाँ रेल सेवा अर्को महिनादेखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ। यसले दक्षिण र पश्चिम भारतबीचको सम्पर्कलाई बलियो बनाउनेछ। साथै यात्रुहरूले आधुनिक सुविधाहरूले सुसज्जित स्लीपर कोचहरूमा पनि आरामदायी यात्राको अनुभव गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी