
नयाँ दिल्ली, 15 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले यस अवसरमा जनतालाई बधाई दिएका छन्। हिमाचललाई देवभूमि भन्दै नेताहरूले यसको सांस्कृतिक भव्यता, परम्परा र जनताको कडा परिश्रमको प्रशंसा गरे र राज्यको उज्ज्वल भविष्यको कामना गरेका छन्।
सोसल मिडिया प्लेटफर्म एक्समा प्रधानमन्त्रीले हिमाचल प्रदेशको समृद्ध परम्परा, अतुलनीय सांस्कृतिक सम्पदा र जनताको कडा परिश्रम, कर्तव्यप्रति समर्पण र नम्रताका कारण विशेष पहिचान भएको बताएका छन्। उनले राज्यका सबै परिवारलाई उज्ज्वल भविष्यको कामना गर्दै यो देवभूमि देशको सांस्कृतिक सम्पदाको महत्त्वपूर्ण अङ्ग भएको बताए।
केन्द्रिय गृहमन्त्री अमित शाहले हिमाचल प्रदेश प्राकृतिक सौन्दर्य र सांस्कृतिक वैभवमा धनी रहेको बताए। उनले राज्य शान्ति, सरलता र 'अतिथी देवो भव' को परम्पराका लागि प्रसिद्ध भएको बताए। शाहले राज्य विकास र सुशासनको मार्गमा अघि बढ्ने कामना गरे र राज्यका जनताको कल्याणका लागि ब्रजेश्वरी मातासँग प्रार्थना गरे।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी