प्रधानमन्त्री मोदीले चाडपर्वका अवसरमा किसानहरूलाई धन्यवाद दिए
मोदी


नयाँ दिल्ली, 15 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर मनाइने विभिन्न चाडपर्वका अवसरमा किसानप्रति कृतज्ञता व्यक्त गरेका छन्। उत्साह र उल्लासले भरिएका यी चाडपर्वहरूमा देश सम्पूर्ण राष्ट्रको पेट भर्ने मेहनती किसान भाइबहिनीहरूप्रति कृतज्ञ रहेको उनले बताए।

बुधबार प्रधानमन्त्री मोदीले सोसल मिडिया प्लेटफर्म एक्समा संस्कृतको एउटा श्लोक साझा गर्दै किसानहरूको योगदानमाथि प्रकाश पारेका छन्। उनले लेखे, 'इत्थं फलति शुद्धेन सिक्तं सङ्कल्पवारिणा। पुण्यबीजमपि स्वल्पं पुंसां कृषिकृतामिव॥”

यस श्लोकको अर्थ हो, किसानले रोपेको सानो बीउले पनि समयमै सिंचाइ पाएमा राम्रो उत्पादन दिन्छ। त्यसैगरी, शुद्ध संकल्प र निरन्तर प्रयासले सानो सुरुवातलाई पनि ठूलो सफलतामा परिणत गर्न सक्छ।

प्रधानमन्त्रीले आफ्नो सन्देशमा देशका विभिन्न भागमा मनाइँदै गरेका चाडपर्वको समयमा किसानहरूको मेहनतलाई सम्झनु र उनीहरूको सम्मान गर्नु अत्यन्त आवश्यक रहेको बताएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande