
पटना, 15 अप्रेल (हि.स.)। एनडीए विधायक दलका नेता सम्राट चौधरीले मुख्यमन्त्रीको शपथ लिनुअघि बुधबार भगवानको आशीर्वाद लिएका छन्। सम्राट चौधरीले बिहान राजवंशी नगरको पञ्चमुखी हनुमान मन्दिरमा पूजा गरे। मन्दिरका पुजारीले तिलक लगाएर आशीर्वाद दिए।
सम्राट चौधरीसँगै विजय चौधरी र बिजेन्द्र यादवले उपमुख्यमन्त्रीका रूपमा शपथ लिनेछन्। सम्राट चौधरी बिहारका 24 औँ मुख्यमन्त्री बन्नेछन्। सम्राट चौधरीको नेतृत्वमा बिहारमा पहिलोपटक भाजपाको नेतृत्वमा सरकार बन्ने छ। नितिश कुमार राज्यसभा सदस्य बने र मुख्यमन्त्री पदबाट राजीनामा गरेपछि यो राजनीतिक परिवर्तन सम्भव भएको हो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी