
नयाँ दिल्ली, 19 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आन्ध्र प्रदेशका उप-मुख्यमन्त्री पवन कल्याणसँग कुरा गरी उनको स्वास्थ्यबारे सोधपुछ गरेका छन्। प्रधानमन्त्रीले पवन कल्याण अत्यन्त साहसी छन् भन्दै उनी चाँडै निको हुने कुरामा आफु विश्वस्त रहेको बताए। उनले उनको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे।
प्रधानमन्त्रीले एक्समा पवन कल्याणसँग उनको स्वास्थ्यको बारेमा सोधपुछ गरेर उनको राम्रो स्वास्थ्यको लागि प्रार्थना गरेको बताएका छन्।
उल्लेखनीय छ , आन्ध्र प्रदेशका अभिनेता तथा उपमुख्यमन्त्री पवन कल्याणको स्वास्थ्य अचानक बिग्रिएपछि शनिबार शल्यक्रिया गर्नुपरेको थियो। उनी विगत केही महिनादेखि अस्वस्थ रहेको बताइएको छ।
जनसेना पार्टीका अनुसार, शुक्रबारको आधिकारिक बैठकमा उनको स्वास्थ्य बिग्रियो, त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। मेडिकल जाँच र एमआरआई स्क्यानपछि उनको शल्यक्रिया गरिएको थियो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी