
नयाँ दिल्ली, 19 अप्रेल (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णन आइतवार श्रीलंकाको राजधानी कोलम्बोमा दुई दिने औपचारिक यात्राका लागि पुगे। यो श्रीलंकाको उनको पहिलो आधिकारिक द्विपक्षीय यात्रा हो।
विदेश मन्त्रालय अनुसार, विमानस्थलमा उनको भव्य र परम्परागत स्वागत गरियो। यो यात्रा कूटनीतिक रूपमा महत्वपूर्ण छ। कोलम्बो पुगेपछि उपराष्ट्रपतिलाई श्रीलंकाका वरिष्ठ अधिकारीहरूले स्वागत गरे। दुई देशहरू बीचको गहिरो सांस्कृतिक आत्मीयता झल्काउने प्रसिद्ध परम्परागत क्याण्डीयन नृत्य प्रस्तुत गरियो।
द्विपक्षीय बैठकको क्रममा उपराष्ट्रपतिले श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायके र प्रधानमन्त्री डा. हरिनी अमरसुर्या लगायत अन्य शीर्ष नेताहरूसँग उच्चस्तरीय वार्ता गर्नेछन्। यसका साथै भारत सरकारको सहयोगमा निर्मित भारतीय आवास परियोजनाको तेस्रो चरण अन्तर्गत निर्माण गरिएका घरहरू औपचारिक रूपमा तमिल समुदायका सदस्यहरूलाई हस्तान्तरण गरिनेछ।
राधाकृष्णनले भारतीय मूलका तमिल समुदायका नेताहरू र उत्तर-पूर्वी क्षेत्रका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्नेछन्। उनले कोलम्बोमा भारतीय डायस्पोरालाई पनि सम्बोधन गर्नेछन्। यो यात्राको उद्देश्य दुई देशहरू बीचको शताब्दी पुरानो सभ्यता र जन- सम्बन्धलाई अझ् सुदृढ़ पार्नु हो।
हिन्दुस्थान समाचार / भवानी थामी