भोटर लिस्टबाट नाम हटाइएको विरोधमा सड़क जाम
भोटर लिस्टबाट नाम हटाइएको विरोधमा सड़क जाम


जलपाईगुड़ी, 2 अप्रेल (हि.स.)। जिल्लाको मयनागुड़ीमा आगामी विधानसभा चुनाउपूर्व भोटर लिस्टबाट नाम हटाइएको मामिलामा ग्रामीणहरूको आक्रोश विस्फोट भएको छ। बिहीवार बिहान डोमोहनी-1 र डोमोहनी-2 ग्राम पञ्चायतका सयकड़ौं मतदाताहरू मयनागुड़ीदेखि मालबजार तर्फ जाने नेशनल हाइवेको अब्दुल मोड़मा भेला भएर सड़क अवरूद्ध गरी विरोध प्रदर्शन गर्नथाले।

प्रदर्शनकारीहरूको आरोप छ, दुवै पञ्चायत क्षेत्रका हजारौं मानिसहरूको नाम भोटर लिस्टबाट अवैध रूपमा हटाइएको छ। आफ्नो लोकतान्त्रिक अधिकारहरूको रक्षा तथा नामहरूलाई तुरून्तै पुनः सूचीमा सामेल गर्नुपर्ने मागलाई लिएर ग्रामीणहरूले विरोध प्रदर्शन गरे। यस प्रदर्शनको कारणले राष्ट्रिय राजमार्गमा लामो ट्राफिक जाम भयो जसले गर्दा मानिसहरूलाई विविध समस्याको सामना गर्न परिरहेको छ।

घटना बारे जानकारी पाउनसाथ मयनागुड़ी थाना प्रभारी सुबल घोषको नेतृत्वमा भारी मात्रामा पुलिस बल र केन्द्रिय बल घटनास्थलमा पुग्यो। पुलिसले प्रदर्शनकारीहरूसित बातचित गरी स्थितिलाई नियन्त्रण गर्ने चेष्टा गऱ्यो, तर ग्रामीणहरू आफ्नो मागमा अडिग बसे। प्रदर्शनकारीहरूले स्पष्ट चेताउनी दिएका छन्, जबसम्म उनीहरूको माग पूरा हुँदैन तबसम्म उनीहरूको धरना र सड़क जाम जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande