जंगली हात्तीको हमलामा वृद्धाको मृत्यु
जंगली हात्तीको हमलामा वृद्धाको मृत्यु


अलिपुरद्वार, 2 अप्रेल (हि.स.)। जिल्लाको अलिपुरद्वार ब्लक-1 अन्तर्गत पूर्व काठालबाड़ी ग्राम पञ्चायतको जोगेन्द्र नगर गाउँमा बिहीवार बिहान जंगली हात्तीको हमलामा परी एकजना वृद्ध महिलाको मृत्यु भयो। मृतकाको पहिचान शचिबाला देवनाथ (65)- को रूपमा भएको छ। स्थानीय सूत्रानुसार बिहीवार बिहान लगबग साढ़े छः बजे शचिबाला आफ्नो घर अगाड़ि बाख्रा बाँध्न गएकी थिइन्। अचानक जंगली हात्तीले तिनीमाथि हमला गऱ्यो जसले गर्दा तिनको घटनास्थलमै मृत्यु भयो।

घटनापछि सम्पूर्ण क्षेत्रमा भय अनि तनाउपूर्ण माहोल भएको छ। स्थानीय मानिसहरूको भनाइ छ, क्षेत्रमा प्रायजसो नै जंगली हात्तीहरूको आतंक देखिन्छ जसले गर्दा ग्रामीणहरू सदैव भयभित रहन्छन्। वन विभाग र प्रशासनले यस समस्याको स्थायी समाधान गर्नुपर्ने माग उठ्न थालेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande