
आसनसोल, 02 अप्रेल (हि.स.)। आसनसोलमा शिक्षा जगत औ समाजबीचको सम्वादलाई सुदृढ़ बनाउने उद्देश्यले गए बुधवार अबेर साँझ शहरको प्रतिष्ठित होटल ग्र्याण्टडमा ‘पश्चिम बंगाल एकेडेमिया कन्क्लेभ’- को भव्य आयोजन गरियो। यस सम्मेलनमा राज्यभरिका आएका दुई सयभन्दा अधिक प्राधयापक तथा शिक्षाशास्त्रीहरूले सक्रिय रूपमा भाग लिएका थिए।
कार्यक्रमका मुख्य अतिथि राज्यका वरिष्ठ नेता मलय घटकले कार्यक्रमलाई सम्बोधन गर्दै आफू मन्त्री छँदा 15 वर्षभित्रमा आसनसोलमा भएका विकास कार्यहरूको उल्लेख गरे साथै शिक्षाको क्षेत्रमा सरकारको उपस्थितिमाथि प्रकाश पारे।
यस महत्वपूर्ण सम्मेलनमा पश्चिम बंगाल कलेज एवं यूनिभर्सिटी प्रोफेसर्स एसोसिएशनका जिल्लाध्यक्ष डा. बीरू रजक, टीडीबी कलेजका प्राचार्य डा. सञ्जीव पाण्डे, आसनसोल गर्ल्स कलेजकी प्राचार्या डा. स्वाति चक्रवर्ती, कुल्टी कलेजका प्राचार्य डा. शुभ्रांशु पान, बिराटी कलेज (कोलकाता)- का प्राचार्य डा. दीपक बिस्वास तथा दुर्गापुर महिला कलेजकी प्राचार्या डा. महानन्दा काञ्जीलाल सहित केही प्रमुख शिक्षाविद्हरू उपस्थित थिए।
आफ्नो भाषणमा डा. बीरू रजकले शिक्षकहरूसित आगामी चुनाउमा सक्रिय सहभागिताको अपील गरे। उनले अल इण्डिया तृणमूल कंग्रेसको समर्थनमा एवं मलय घटकको पक्षमा प्रचार गर्ने आग्रह गरे। साथै यो पनि घोषणा गरे, प्रधान संघका सदस्यहरू घर-घरमा पुगेर 'डुवर टु डुवर' अभियानको माध्यमबाट समर्थन जुटाउनेछन्। उनले मलय घटकलाई आधुनिक आसनसोलको शिल्पकार बताए।
कार्यक्रमका संयोजक बीबी कलेजका भवन डा. अमिताभ बसुले पनि आफ्नो अभिभाषणमा मलय घटकलाई समर्थन गर्ने आह्वान गरे। सम्मेलनको समन्वय डा. कौशिक मण्डलले गरे भने मञ्च संचालन डा. चञ्चल विश्वासले गरे।
यो सम्मेलन शिक्षा शास्त्रीहरूको विचार-विमर्शको मञ्च मात्र नभएर शिक्षा अनि समाजबीच श्रेष्ठ समन्वय स्थापित गर्ने दिशामा एक महत्वपूर्ण पहल पनि साबित भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा