चुनावी माहोलमा प्रवर्तन निदेशालयको कोलकातामा छापा, एक कड़ोरभन्दा अधिक नगद र हतियार जफत
चुनावी माहोलमा प्रवर्तन निदेशालयको कोलकातामा छापा, एक कड़ोरभन्दा अधिक नगद र हतियार जफत


कोलकाता, 02 अप्रेल (हि.स.)। विधानसभा चुनाउपूर्व प्रवर्तन निदेशालय (ईडी)-ले कोलकाताका विभिन्न क्षेत्रहरूमा छापा मारेर एक कड़ोर रुपियाँभन्दा अधिक नगद राशि तथा हतियार जफत गरेको छ। अधिकारीहरूले बिहीवार बिहान यस आशयको जानकारी दिएका हुन्।

जाँच एजेन्सी अनुसार बेहाला क्षेत्रस्थित एक कम्पनीसित जोड़िएका अधिकारीको घरबाट लगभग 1.20 कड़ोर रुपियाँ नगद जफत गरियो। यस अतिरिक्त कसबास्थित व्यवसायी बिस्वजित पोद्दारको आवासमा गरिएको खानतलासीमा हतियार पनि जफत गरियो।

सूत्र मुताविक ईडीको टीमले गए बुधवार बिहानदेखि नै दक्षिण कोलकाताको कासबा र बालीगञ्ज क्षेत्रका कथित सिण्डिकेट गतिविधिसित जोड़िएका सोनापप्पू नामक व्यक्तिसित सम्बन्धित केही ठेगानाहरूमा एकसाथ छापामारी गऱ्यो।

जाँच अवधि एजेन्सीलाई जानकारी प्राप्त भएको थियो, निर्माण कम्पनीबाट प्रचुर मात्रामा धन आर्जन गरी त्यसलाई बिचौलीको माध्यमबाट कतै पठाइँदैथ्यो। यसै सूचनाको आधारमा सोनापप्पूको आवास सहित केही स्थानहरूमा खोजी अभियान संचालन गरियो।

यस अतिरिक्त बालीगञ्जस्थित एकजना ठेकादारको कार्यालयमा पनि जाँच गरियो। अधिकारीहरूले बताए, बेहालास्थित जोय कामदारको घरबाट यो नगद राशि जफत गरियो जो उक्त कम्पनीसित जोड़िएको बताइँदैछ।

ईडी अधिकारीहरूले जाँचमा एउटा हतियार पनि भेटिएको पुष्टि गरेका छन्, तथापि यस विषयमा विस्तृत जानकारी अहिले सार्वजनिक गरिएको छैन।

सूत्रले यो पनि दाबी गरेको छ, सोनापप्पूको दक्षिण कोलकाताका एकजना तृणमूल कंग्रेस नेतासित निकटवर्ती सम्बन्ध रहेको बताइएको छ जोसित हालैमा ईडीले जाँचबुझ गरेको थियो। तथापि यस मामिलामा कुनै प्रत्यक्ष सम्बन्ध रहेको आधिकारिक पुष्टि भएको छैन।

उल्लेखनीय छ, हालैमा गोलपार्क क्षेत्रमा दुई गुटबीच भएको झड़पमा पनि सोनापप्पूको नाम मुछिएको थियो, तथापि उनले यसमा कुनै पनि प्रकारको संलिप्ततादेखि अस्वीकार गरेका छन्।

अधिकारीहरू अनुसार उविरूद्ध पहिला पनि बलजफ्ती असुली तथा आपराधिक धम्कीसित सम्बन्धित केही मामिलाहरू दर्ता छन् र वर्तमान जाँच पनि यी मामिलाहरूको आधारमै अगाड़ि बढ़िरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande