
मालदा, 2 अप्रेल (हि.स.)। विधानसभा चुनाउ-2026 मुखैमा आएको बेला मालतीपुर विधानसभा क्षेत्रमा ठूलो राजनीतिक परिवर्तन देखिएको छ। गए बुधवार राती कंग्रेसलाई ठूलो झट्का दिंदै जालालपुरका प्रभावशाली नेता एमदादुल हक तृणमूल कंग्रेसमा सामेल भए। जिल्ला अध्यक्ष अब्दुर रहीम बक्स़ीको हातबाट पार्टीको झण्डा समातेर उनी आधिकारिक रूपमा सत्तारूढ़ तृणमूल कंग्रेसमा फर्किए।
एमदादुल हकको राजनीतिक यात्रा धेरै वटा दलहरू भएर गुज्रिएको छ। वर्ष 2011 पूर्व उनी वामपन्थी खेेमाको नजिकमा थिए। सत्ता परिवर्तन भएपछि शुभेन्दु अधिकारीको नेतृत्वमा तृणमूलमा सामेल भए। पछि शुभेन्दु अधिकारी भाजपामा जाँदा उनी पनि भाजपामै सामेल भए। त्यसपछि कंग्रेसमा सामेल भएर पञ्चायत चुनाउ लड़े, तर तिनलाई सफलता प्राप्त भएन। अब फेरि एक पटक तृणमूलमा सामेल भएको कारणले मालतीपुरको राजनीतिक समीकरणमा नयाँ मोड़ आएको छ।
यस सीटमा कंग्रेसबाट उम्मेदवार मौसम बेनजीर नूर छन् जो गनिखान चौधरीकी भाञ्जी हुन्। राजनीतिक विश्लेषकहरूको मान्यता छ, तृणमूल कंग्रेसले कंग्रेसको मजबुत गढ़लाई कमजोर बनाउनको लागि यस्तो रणनीतिक कदम उठाएको हो।
तृणमूलमा सामेल भएपछि एमादादुल हकले भने, कंग्रेसले उनलाई उचित सम्मान र महत्व दिरहेको थिएन, त्यसैले उनले क्षेत्रको विकासको लागि यो निर्णय लिएका हुन्। यता जिल्ला अध्यक्ष अब्दुर रहिम बक्सीले उनलाई स्वागत गर्दै यसबाट मालतीपुरमा संगठन अझ सुदृढ़ हुने बताए।
अर्कोतिर कंग्रेस नेता सैयद मंज़रुल इस्लामले यस घटनाक्रमलाई धेर महत्व दिएनन्। उनले भने, दल परिवर्तन गर्दैमा जनताको विश्वास जित्न सकिंदैन। उनले भरोसा व्यक्त गरे, क्षेत्रका जनताले विकास तथा इमानदारीको आधारमा कंग्रेस प्रत्यासी नूरलाई समर्थन गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा