बोकाजान ऱ्यालीमा गौरव गोगोईको भाजपा सरकारमाथि धारिलो प्रहार
बोकाजान ऱ्यालीमा गौरव गोगोईको भाजपा सरकारमाथि धारिलो प्रहार


कार्बी आंगलोंग (असम), 02 अप्रैल (हि.स.)। प्रदेश कंग्रेस अध्यक्ष गौरव गोगोईले कार्बी आंगलोंग जिल्लाको बोकाजानमा राहुल गान्धीको उपस्थितिमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा तथा भाजपा सरकारलाई लक्षित गरे। गोगोईले असमको पार्वतीय जिल्लामा भ्रष्टाचार अनि कुप्रबन्धन भएको गम्भीर आरोप लगाए।

सभालाई सम्बोधन गर्ने क्रममा गोगोईले आरोप लगाए, हिमाली जिल्लाहरूमा कैयौं कड़ोर रुपियाँको घोटाला भएको छ। उनले यो पनि भने, सरकारले कथित रूपमा गाई अनि कोइला सिण्डिकेटसित जोड़िएका मानिसहरूलाई संरक्षण दिरहेको छ जसबाट राज्यको व्यवस्था अनि विकास प्रभावित भएको छ।

गौरव गोगोईले भने, “नयाँ असम” अनि “विशाल असम” बनाउने उद्देश्यले कंग्रेस तथा विपक्षी दलहरू एकजुट भएका छन्। उनले कंग्रेस उम्मेद्वार रतन इंग्तीको समर्थनमा प्रचार गरे।

यस अवधि उनले तुलिराम रोंगहांगको पनि आलोचना गर्दै “नयाँ कार्बी आंगलोंग” निर्माण गर्ने आवश्यकतामाथि बल दिए। उनले भने, यदि राज्यमा कंग्रेसको सरकार गठन भयो भने शान्ति, विकास एवं प्रगति सुनिश्चित गरिनेछ। आफ्नो राजनीतिक जीवनको उल्लेख गर्दै उनले भने, उनी आफ्ना पिता तथा पूर्व मुख्यमन्त्री तरूण गोगोईका आदर्शहरूबाट प्रेरित छन्।

गोगोईले आफ्नो भाषणमा गरीब तथा वञ्चित वर्गको पक्षमा सदैव रहने अनि उनीहरूको उत्थानको लागि काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande