मुख्यमन्त्रीले करोल बागस्थित हनुमान मन्दिरमा गरिन् पूजा-अर्चना
मुख्यमन्त्रीले करोल बागस्थित हनुमान मन्दिरमा गरिन् पूजा-अर्चना


नयाँ दिल्ली, 02 अप्रेल (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हनुमान जन्मोत्सवमा करोल बागस्थित हनुमान मन्दिरमा पूजा-अर्चना गरिन्। उनले प्रभु श्रीरामका परम भक्त, अञ्जनी पुत्र हनुमानजीसित दिल्लीको प्रत्येक परिवारको लागि सुख, शान्ति एवं समृद्धिको लागि प्रार्थना गरिन्।

मुख्यमन्त्रीले सोशल मीडिया एक्समा पोस्ट गर्दै भनिन्, प्रभु श्रीरामप्रति हनुमानको अखण्ड भक्ति, निस्वार्थ सेवा औ अद्वितीय पराक्रम सनातन जीवन मूल्यहरूका सर्वोच्च आदर्श हुन्। उनकी जीवनले हामीलाई सिकाउँछ, हृदयमा रामको स्मरण भयो भने संकट स्वयं हरण हुन्छ।

मुख्यमन्त्रीले भनिन्, संकट मोचन हनुमानको कृपाले सबैको जीवनमा साहस, सेवा, संयम एवं समर्पण सञ्चार होस्। उनले सबैलाई हनुमान जन्मोत्सवको हार्दिक शुभकामना दिइन्।

मुख्यमन्त्रीले भनिन्, हनुमानको भक्ति, शक्ति र सेवाको प्रतीक उनको उच्च आदर्शले हामीलाई कर्मप्रति अटुट निष्ठा तथा लोककल्याणको निम्ति प्रेरणा दिन्छ। अञ्जनी पुत्रको स्वरूपले हामीलाई यो बोध गराउँछ कि परम विनम्रता र अदम्य साहसबाट ठूल्ठूला संकटहरूमाथि विजय हासिल गर्न सकिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande