हनुमान जन्मोत्सवमा शोभायात्रा आयोजित, सौरभ भारद्वाजद्वारा श्रद्धालुहरूप्रति आभार व्यक्त
हनुमान जन्मोत्सवमा शोभायात्रा आयोजित, सौरभ भारद्वाजद्वारा श्रद्धालुहरूप्रति आभार व्यक्त


नयाँ दिल्ली, 02 अप्रेल (हि.स.)। आम आदमी पार्टी (आआपा)- का दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाजको नेतृत्वमा बिहीवार हनुमान जन्मोत्सव शोभायात्राको आयोजन गरियो। यो यात्रा प्राचीन शिव मन्दिर चिराग दिल्लीबाट शुरू भयो।

हनुमान जन्मोत्सव शोभायात्रामा ठूलो संख्यामा श्रद्धालुहरूले भाग लिए। यस अवसरमा सौरभ भारद्वाजले कार्यक्रममा सामेल हुने सबै मानिसहरूप्रति आभार व्यक्त गरे।

आआपा दिल्लीका प्रदेश अध्यक्षले भने, पछिल्ला वर्षहरू सरह यस वर्ष पनि हनुमान जन्मोत्सवमा भव्य शोभायात्राको आयोजन गरियो जसमा वरिपरीका क्षेत्रहरूबाट मानिसहरूले उत्साहपूर्वक भाग लिए। उनले सबै श्रद्धालुहरूलाई यस आयोजनमा सामेल भएर यसलाी सफल बनाएकोमा धन्यवाद दिए।

सौरभ भारद्वाजले प्रार्थना गर्दै भने, भगवान हनुमानले दिल्ली, देश तथा सारा दुनियाँलाई आशीर्वाद दिउन् ताकि वैश्विक स्तरमा भइरहेको द्वन्दव एवं तनाउ समाप्त होस् अनि विकास प्रेरित होस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande