
-ससुराले छोराको चाहनामा गर्भवती पत्नी र आफ्ना दुई छोरीहरूको ज्यान लिएको मुद्दा दर्ता गराए
हैदराबाद, 02 अप्रेल (हि.स.)। तेलंगाना राज्यको हनमकोण्डा जिल्लामा एकजना गर्भवती महिला र तिनका दुईजना छोरीहरूको शव स्विमिंग पुलमा भेटिएको घटनाले क्षेत्रमा सन्त्राष फैलिएको छ। परिवारजनले घटनामा षड़यन्त्र रहेको आशंका व्यक्त गर्दै पतिको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ अनि मामिलाको विस्तृत जाँच गर्ने माग गरेको छ। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
गए बुधवार अबेर राती हनमकोण्डा जिल्ला (पूर्ववर्ती वरंगल ग्रामीण)- को ऐनावोलु मण्डलस्थित पुन्नेला गाउँको बाहिरी क्षेत्रमा अवस्थित एक रियल एस्टेट वेञ्चर धरनी लेआउटको स्विमिंग पुलमा एकजना गर्भवती महिला र तिनका दुइजना अबोध छोरीहरूलाई संदिग्ध अवस्थामा डुबिरहेको भेटियो। मृतकहरूको पहिचान फरहत (26), तिनका छोरीहरू क्रमैले उमैरा (8) र आयशा (6)- को रूपमा भएको छ। महिलाका पति अजहरूद्दीनले तीनैजनालाई वारंगलको एमजीएम अस्पतालमा पुऱ्याए, तर डाक्टरहरूले तीनैजनालाई मृत घोषित गरिदिए। अजहरूद्दीनको दाबी छ, तीनैजना स्विमिंग पुलमा झरेर डुबेका हुन्।
मृतक महिला फरहतका पिता शेख अलीले आफ्नो ज्वाईँ अजहरूद्दीनमाथि आफ्नी छोरी र दुई नातिनीहरूको हत्या गरेको आरोप लगाएका छन्। उनको भनाइ छ, अजहरूद्दीनले यसलाई आत्महत्याको रूप दिने चेष्टा गरिरहेको छ।
बिहीवार एमजीएम अस्पतालमा मीडियासित बातचित गर्दै फरहतकी छ्यामा मुमताजले पनि अजहरूद्दीनको भूमिकामाथि शंका व्यक्त गरिन्। उनले बताइन्, अजहरूद्दीनले सीमेन्टको ईँटा बनाउने काम गर्छ भने उसको पिता रियल एस्टेट व्यापारसित जोड़िएको छ।
मुमताज अनुसार घटना भएको स्विमिंग पुल अजहरूद्दीनकै परिवारको हो। अजहरूद्दीनले गत बुधवार राती आफ्नी पत्नी र दुई छोरीहरूलाई समय बिताउनको लागि त्यहाँ लगेको थियो। तर पछि उनीहरूको शवलाई अस्पतालमा लिएर गयो। मुमताजले यो पनि आरोप लगाइन्, पहिला पनि फरहतलाई दुई पटक गर्भपात गराउनको लागि बाध्य बनाएको थियो, किनभने उसको पतिले छोरा चाहन्थ्यो। यसपालि पनि दुईबीच यसै कुरालाई लिएर विवाद भइरहेको थियो, किनभने यसपालि पनि अजहरूद्दीनले पत्नीको गर्भमा रहेको भ्रूणको लिंग परीक्षण गराएपछि गर्भपात गराउनको लागि दबाव दिरहेको तियो, तर फरहत र उसको माइती पक्ष तयार थिएनन्।
पुलिसले मृतकाका पिता शेख अलीको सिकायतको आधारमा मामिला दर्ता गरी जाँच शुरू गरेको छ। एसआई पस्तम श्रीनिवासले बताए, घटनालाी लिएर सबै पक्षको जाँच गरिँदैछ। दुवै परिवार एउटै गाउँ पुन्नेला निवासी हुन्। त्यसैले प्रशासनले सतर्कता स्वरूप पुलिस बललाी तैनाथ गरेको छ ताकि कुनै अप्रिय घटना नहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा