एआईयूडीएफको पक्षमा प्रचार गर्नका लागि असुद्दीन ओवैसी असम आइपुगे
एआईयूडीएफको पक्षमा प्रचार गर्नका लागि असुद्दीन ओवैसी असम आइपुगे


गुवाहाटी, 02 अप्रेल (हि.स.)। असम विधानसभा चुनाउलाई मध्यनजर गर्दै एआईयूडीएफको पक्षमा प्रचार गर्नका लागि असदुद्दीन ओवैसी गए राती असम आइपुगेका छन् जसबाट राज्यमा चुनावी माहोल अझ गर्मिएको छ।

उनलाई गुवाहाटी पुगेपछि मौलाना बदरूद्दीन अजमलका परिवारजनले स्वागत गरे। यसको साथै उनको चुनावी दौड़ाहको औपचारिक शुरूआत भयो।

उनको आगमनसितै राज्यमा आक्रमक तथा साम्प्रदायिक चुनावी प्रचार तीव्र हुने चर्चा पनि शुरू भएको छ।

ओवैसीले बिहीवार असमका विभिन्न स्थानहरूमा आयोजित चुनावी कार्यक्रमहरूमा भाग लिनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande