
पुरुलिया, 20 अप्रेल (हि.स.)। जिल्लाको बलरामपुरमा सोमवार आयोजित एक जनसभामा तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले भाजपामाथि तीव्र प्रहार गरे। उनले आरोप लगाए, भाजपाले मृत्यु तथा मृतदेहलाई लिएर राजनीति गर्छ।
अभिषेक ब्यनर्जीले पछिल्लो वर्ष 2018 को पञ्चायत चुनाउपूर्व बलरामपुरमा त्रिलोचन महतो र दुलाल कुमार नामक दुई भाजपा कार्यकर्ताहरूको असामान्य मृत्युको उल्लेख गर्दै भने, त्यसताक भाजपाले सम्पूर्ण मामिलालाई राजनीतिक रंगमा रंगाएको थियो। क्षेत्रमा अशान्ति फैलाउने चेष्टा गरेको थियो।
उनले भने, भाजपाले वर्ष 2019 मा चुनाउ जित्यो तथा वर्ष 2021 मा अत्यन्त कम अन्तरले यहाँ सफलता हासिल गऱ्यो, तर उनीहरूले जसरी मृत्युमाथि राजनीति गरे, त्यो अत्यन्त निन्दनीय छ।
अभिषेकले आरोप लगाए, त्यस बेला भाजपाका तत्कालीन राष्ट्रिय अध्यक्ष अमित शाहले पीड़ित परिवारलाई आश्वासन दिएका थिए कि परिवारका एकजना सदस्यलाई केन्द्र सरकारको कुनै विभागमा नोकरी दिइनेछ, तर आज आठ वर्ष बितिसक्दा पनि त्यो वाचा पूरा भएको छैन। उनले यो पनि भने, पीड़ित परिवारले भाजपा नेता तथा सांसदहरूसित सम्पर्क गर्ने प्रयास गर्दा उनीहरूले फोन समेत उठाउएनन्।
सभामा अभिषेक ब्यनर्जीले भाजपाका स्थानीय उम्मेद्वारलाई लिएर पनि प्रश्न उठाए। उनले दाबी गरे, यसपालि भाजपाले मैदानमा उतारेका उम्मेदवार एकजना सांसदका पूर्व सहायक रहिसकेका छन् जसमाथि “सिफारिस र लेन-देन” को माध्यमबाट टिकट पाएको आरोप लागिरहेको छ।
उनले रेलवे सेवाहरूको खराब स्थितिको मुद्दा उठाउँदै भने, हावड़ा-चक्रधरपुर एक्सप्रेस औ पुरुलिया एक्सप्रेस जस्ता महत्वपूर्ण ट्रेनहरू प्रायजसो नै विलम्ब गरी चल्छन् जसबाट आम मानिसहरूलाई असुविधाको सामना गर्नुपर्छ।
केन्द्र सरकारमाथि प्रहार ग र्दै उनले कुड़मी समुदायको कथित वञ्चन, कुड़माली भाषालाई मान्यता नदिएको तथा आदिवासी परम्पराहरूमाथि प्रभाव पारेको मुद्दा समेत उठाए।
अन्तमा अभिषेक ब्यानर्जीले भने, धर्मको नाममा राजनीति गर्नेहरूले बुझ्नुपर्छ कि तृणमूलमा राम पनि छ, शान्ति पनि। हाम्रा उम्मेद्वार शान्ति राम महतो जनताको सेवाका लागि उभिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा