
खड़गपुर, 20 अप्रेल (हि.स.)। पश्चिम बंगालमा यसपालि परिवर्तन स्पष्ट रूपमा देखिँदैछ। सो दाबी भारतीय जनता पार्टी (भाजपा) का नेता दिलीप घोषले गरेका हुन्। सोमवार बिहान खड़गपुरमा पत्रकारहरूसित बातचित गर्दै खड़गपुर सदरबाट भाजपा प्रत्याशी दिलीप घोषले भने, मानिसहरूले अब खुलेर विरोध गरिरहेका छन्। पार्टी कार्यकर्ताहरूको आत्मविश्वास बढ़ेको छ र परिवर्तन निश्चित रूपमा देखिँदैछ।
उनले भए, गए आइतवार प्रधानमन्त्री नरेन्द्र मोदीले चार वटा चुनावी सभाहरूलाई सम्बोधन गरे। उनले उत्तर बंगालदेखि दक्षिण बंगालसम्म लगातार प्रचार गरिरहेका छन्। उनले भने, राज्यमा के भइरहेको छ भन्ने कुराको सम्पूर्ण जानकारी प्रधानमन्त्रीलाई छ।
तृणमूल कंग्रेसको आलोचना गर्दै दिलीप घोषले भने, चुनाउ आउनसाथ तृणमूललाई कर्मचारी, महिला एवं युवाहरूको सम्झना आउँछ। यहाँ कर्मचारीहरू उत्पीड़नको शिकार हुन्छन्। आई-प्याक यहाँ हुनु उचित छैन, यसबाट राज्यको राजनीतिमा भ्रष्टाचार बढ़्छ। आई-प्याक भ्रष्टाचारलाई प्रेरित गरेर पैसा कमाउने एउटा माध्यम भएको छ।
ईडीको कारबाहीको सन्दर्भमा उनले भने, प्रवर्तन निदेशालयले पछिल्लो एक वर्षदेखिकै काम गरिरहेको छ। भ्रष्टाचार अधिक भएका स्थानहरूमा जाँच भइरहेको छ। उनले आरोप लगाए, भ्रष्टाचारको मामिलामा बंगाल पनि शीर्ष स्तरमा छ जसमा केही राजनेता तथा व्यापारीहरू सामेल छन्। त्यसैले जाँच जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा