
नयाँ दिल्ली, 20 अप्रेल (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सोमवार आजादपुर मण्डी, गुप्ता मार्केट एवं वरपरका क्षेत्रहरूको निरीक्षण गरिन्। उनले वरपरका क्षेत्रहरूको भ्रमण गरी सर-सफाई, मैला-कुचैला संग्रह तथा व्यवस्थापनलाी लिएर सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देश दिइन्।
मुख्यमन्त्री रेखा गुप्ताले दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी) औ लोक निर्माण विभाग (पीडब्ल्यूडी)-ले गरिरहेका विकास कार्यहरूको जायजा लिँदै अधिकारीहरूसित प्रगति रिपोर्ट मागिन्। उनले सबै सम्बन्धित विभागहरूलाई स्थानीय नागरिकहरूको आवागमन तथा सुविधाहरूलाई सर्वोच्च प्राथमिकतामा राखेर कार्य गर्ने निर्देश दिइन्।
साथै मुख्यमन्त्रीद्वारा स्पष्ट निर्देश दिइयो, सबै कार्य पूर्ण पारदर्शिताको साथमा, निर्धारित समय-सीमाभित्र तथा गुणस्तरसित कुनै सम्झौता नगरी पूरा गरियोस् ताकि जनतालाई समयमा सबै आवश्यक सुविधा प्राप्त होस्।
मुख्यमन्त्रीले भनिन्, सरकारले दिल्लीवासीहरूको लागि उत्कृष्ट पूर्वाधार तथा आवश्यकता अनुरूप सुविधाहरू विकसित गरिरहेको छ। रेखा गुप्ताले भनिन्, वर्षौंदेखि उपेक्षित क्षेत्रहरूमा पनि नयाँ विकास कार्यहरूको शुभारम्भ भएको छ। यसलाई समयमै पूरा गरेर जनताप्रति समर्पित गर्नका लागि हाम्रो सरकारले निरन्तर मिशन मोडमा काम गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा