
मुर्शिदाबाद, 20 अप्रेल (हि.स.)। जिल्लामा बम विस्फोटको घटनाले कोकोहोलो मचायो। सोमवार बिहान फरक्का थाना क्षेत्रको नयनसुख मानिक नगर क्षेत्रमा एकजना कंग्रेस कार्यकर्ताको घरको छतमा तीव्र विस्फोट भयो।
तथापि यस घटनामा अहिलेसम्म कुनै प्रकारको मानवीय क्षति भएको समाचार प्राप्त भएको छैन। तर विस्फोट भयानक भएको कारणले छतको पर्खालको एक भाग ध्वस्त भयो। घटनाको सूचना पाएर जिल्ला पुलिसका वरिष्ठ अधिकारी घटनास्थलमा पुगे अनि मामिलाको जाँच गरे।
प्रारम्भिक जाँचमा थाहा लागे अनुसार घरको छतमा रखिएको बम विस्फोट भएको थियो। पुलिसले आरोपीको खोजीमा छापा मारिरहेको छ साथै सम्पूर्ण मामिलाको गहन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा